काठमाडौं।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएपछि देश केपी ओलीको शासनबाट मुक्त भएको बताएका छन् ।
विज्ञापन
कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै सभापति देउवाले आफू आएपछि डर त्रासबाट देश मुक्त भएको बताएका हुन् ।
विज्ञापन
‘म प्रधानमन्त्री भएपछि मुक्ति पाए झैं भयो, डर त्रासबाट, ओलीको शासनबाट,’ देउवाले भने, ‘म प्रधानमन्त्री हुनु अघि कस्तो थियो ?’
उनले पाएको मुक्ति बचाउने हो कि नबचाउने हो ? भन्दै प्रश्नसमेत गरे । ‘यो महाधिवेशनले डर त्रासबाट मुक्त समाज निर्माण गर्न सक्छ,’ उनले भने, ‘अब कुनै पनि तानाशाह देशमा आउनु हुँदैन ।’
उनले आफूलाई सभापतिमा जिताउन प्रतिनिधिहरूलाई आग्रहसमेत गरे ।
फेसबुक प्रतिक्रियाहरु