आइतवार, कार्तिक २२, २०८३
  • होमपेज
  • समाचार
  • जसपाका ५ जना प्रदेश सदस्यसहित ७० जना एकीकृत समाजवादीमा प्रवेश
समाचार

जसपाका ५ जना प्रदेश सदस्यसहित ७० जना एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं।

बराहक्षेत्रका एक दर्जन नेता तथा कार्यकर्ता नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी प्रदेश एकका सदस्य सिताराम घिमिरेको नेतृत्वमा जसपाका ५ जना प्रदेश सदस्य सहित ७० जनाले प्रवेश गरेका हुन् ।

विज्ञापन

नेकपा एकीकृत समाजवादी १ नम्बर प्रदेश कमिटीको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा सुनसरीभरबाट ६ दर्जनबढी पार्टी प्रवेश गरेको जिल्ला प्रचार विभाग प्रमुख पिबि दियालीले जानकारी दिए ।

विज्ञापन

यसैबीच नेकपा एस पार्टी रोज्नेमा बराहक्षेत्र निवासी जसपा प्रदेश सदस्य युवराज कटवाल समेत रहेका छन् । नयाँ शक्तिको बैकल्पिक यात्रा क्षेत्रीय राजनितिमा आएर टुङ्गिनु, पद्धतिविहिन संगठन चलाइनुले यहाँ (जसपामा) रहन उचित लागेन,

एस पार्टी प्रवेशको कारण बताउँदै कटवाल भन्छन्, जसपामा मुख्यतया बैचारिक, साङ्गठनिक तथा कार्यशैलीगत समस्या भएकाले अलग बाटो रोजेको हुँ ।

इटहरीमा आज (मंगलबार) भएको उक्त कार्यक्रममाबराहक्षेत्रबाट २० जनाले एस पार्टी रोजेका छन् । जसमा जसपा बराहक्षेत्र नगर कार्यसमितिका सचिव दिनेश कटवालसहित ७ नगर सदस्य र विभिन्न वडाका ११ पदाधिकारी र सदस्यहरु रहेका छन् ।

नेकपा एस पार्टीका संघीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा बराहक्षेत्रबाट गोकुल थापा, भोजराज घले, नगेन्द्र राई, कृष्ण खत्री, उमेश राई, बेदु चौधरी, कृष्ण शिवा दर्जी, पुष्पा बिस्ट, मदन राउत, बिन्दास खड्का, उमेश पौडेल, रेनुका खड्का, शम्भु पौडेल, प्रेम

खड्का, मनोज निरौला, श्याम बहादुर कार्की र दल बहादुर कार्कीले एस पार्टी रोजेका हुन् । त्यस्तै, माओवादी केन्द्र बराहक्षेत्रका नेता सुरेन्द्र शाक्य समेत नेकपा एसमा प्रवेश गरेको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १३ घन्टा अगाडि

भर्खरै

सिफारिस