मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • समाचार
  • प्रदेश राजधानी भालुवाङबाट नयाँ नेतृत्व छान्दै माओवादी केन्द्र
समाचार

प्रदेश राजधानी भालुवाङबाट नयाँ नेतृत्व छान्दै माओवादी केन्द्र

दाङ। 

माओवादी केन्द्रले यहि मंसिर २५ र २६ गते दाङको भालुवाङमा पार्टीको प्रदेश सम्मेलन गर्ने भएको छ । लुम्विनी प्रदेशको स्थायी राजधानी भालुवाङ घोषणा पछि सो ठाउँमा पार्टीको अधिवेशन गर्नेमा माओवादी नै पहिलो पार्टी बनेको छ ।

विज्ञापन

प्रदेशका १२ जिल्लाबाट १ हजार बढि प्रतिनीधिहरु सहभागि हुने सो सम्मेलनबाट माओवादीले नयाँ नेतृत्व छान्दै छ । कार्यकारी जिल्ला समितिको संरचनालाई हटाई पालिका र प्रदेश कमिटीलाई कार्यकारी बनाउन थालेको माओवादीको यो सम्मेलनलाई निकै महत्वपूर्ण मानिएको छ ।

विज्ञापन

यस अघि प्रदेशका १०९ वटै पालिकाको सम्मेलन सम्पन्न गरिसकेको माओवादीले हरेक पालिकाबाट १ जना प्रतिनिधित्व हुने गरी प्रदेशमा नेता चुनिने व्यवस्था विधानमा गरेको छ । २०५ जनाको कार्यसमिति हुने प्रदेश कमिटीमा करिब ७० जना महिला अनिवार्य पर्ने व्यवस्था रहेको नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज तथा सम्मेलन प्रचार-प्रसार उपसमितिका संयोजन जीवन गौतम बताउनु हुन्छ ।

गौतमका अनुसार कमिटीमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र हरेक पालिकाबाट कम्तिमा १ जना अनिवार्य हुने व्यवस्था गरिएको छ । संघीयताको प्रमुख हिस्सेदार माओवादी केन्द्रले अब स्थानीय पालिकालाई बलियो बनाउन प्रदेशस्तरबाट नीति निर्माण गर्ने भएको छ भने यसअघि जिल्ला कमिटीमा रहेका नेताहरुलाई पालिकाको नेतृत्व गर्ने गरी केन्द्रित गरेको छ ।

पार्टीको आन्तरिक जीवनमा जिल्ला कमिटीलाई भङ्ग गरी पार्टीको सांगठनिक संरचनामा क्रमभङ्ग गरेको माओवादीले संघीयतालाई बलियो बनाउने गरी पार्टीको आन्तरिक जीवनलाई सुदृढ र व्यवस्थित बनाउन थालेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस