On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ५ वर्षभित्रमा २ हजार मेगावाट बिजुली खपत हुने गरी पूर्वाधार बनाउँदै प्राधिकरण
समाचार

५ वर्षभित्रमा २ हजार मेगावाट बिजुली खपत हुने गरी पूर्वाधार बनाउँदै प्राधिकरण

काठमाण्डाै  ।

नेपाल विद्युत् प्राधिकरणले उत्पादित बिजुली देशभित्रै खपत गर्ने अभियान अन्तर्गत प्रदेश नं २ मा पर्ने बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा पाँच वर्षभित्रमा दुई हजार मेगावाट बिजुली खपत हुने गरी पूर्वाधार बनाउने भएको छ ।

विज्ञापन

बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा अहिले सञ्चालमा रहेका तथा आउँदा दिनमा खुल्ने उद्योगहरूलाई लक्षित गरी प्राधिकरणले व्यापक रूपमा विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो ।

विज्ञापन

 

प्राधिकरणले मुख्य रूपमा उद्योगहरूलाई मागेजति भरपर्दो र गुणस्तरीय बिजुलि दिएर खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजना अन्तर्गत पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको छ । प्राधिकरणले तराई क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि हुलाकी राजमार्ग हुँदै चार सय केभी प्रसारण लाइन निर्माणको अवधारणा अगाडि बढाएको छ ।

सिमरा र वीरगञ्ज क्षेत्रका उद्योगहरूको विद्युत् आपूर्तिलाई विश्वसनीय बनाउन हेटौँडा–परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भइरहेको छ । काम सम्पन्न भएपछि प्रसारण लाइनको क्षमता झन्डै दोब्बर हुने भएकाले उद्योगहरूलाई थप विद्युत् आपूर्ति दिन सकिने छ ।

निर्माणाधीन हेटौँडा–ढल्केबर चार सय केभी प्रसारण लाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सबस्टेशन निर्माण गर्ने योजना छ । पर्साको पोखरियामा सब–स्टेशन बनाउन लागिएको छ ।

प्राधिकरणले बिजुली खपत बढाउने अल्पकालीन योजना अन्तर्गत सिमरा, परवानीपुर क्षेत्रमा सञ्चालित उद्योगहरूलाई तत्काल दुई सय मेगावाट बिजुली उपलब्ध गराउने भएको छ । त्यस क्षेत्रमा सञ्चालित स्टिल उद्योगहरूले क्षमता विस्तारका लागि थप बिजुलीकाे माग गर्दै आएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजाे शनिवार बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूको अनुगमन भ्रमण र उद्योगी व्यवसायीहरूसँग अन्तरक्रिया गरी बिजुली मागको अहिलेकाे अवस्था र भविष्यकाे आवश्यकताका विषयमा जानकारी लिनुभएको छ ।

 

कार्यकारी निर्देशिक घिसिङले वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र जीतपुर नगर उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग छुट्टाछुट्टै अन्तरक्रिया गर्नुभएको थियो । सञ्चालमा रहेका सब–स्टेशन र उद्योगहरूको भ्रमण गरेपछि कार्यकारी निर्देशक घिसिङले उद्योगहरूलाई अहिलेकै पूर्वाधारबाट दुई सय मेगावाटसम्म थप बिजुली दिन सकिने देखिएको बताउनुभयो ।

बारा–पर्सा औद्योगिक करिडोरलाई लक्षित गरी पाँच वर्षमा दुई हजार मेगावाटसम्म विद्युत् खपत हुने गरी पूर्वाधार संरचनाको विस्तार गर्न लागिएको जानकारी दिँदै उहाँले विद्युतको माग गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

‘यस वर्षको बर्खामा देशभित्र उत्पादित विद्युत् खपत गर्न नसकी झन्डै आठ सय मेगावाट खेर गयो, यसको मूल्य झन्डै पाँच अर्ब रुपैयाँ हो, यस्तो अवस्था आउनु नेपालसँग विद्युत् छ भन्ने अवसर पनि हो, अब वार्षिक रूपमा झन्डै एक हजार मेगावाट प्रणालीमा थपिँदै छ’, उहाँले भन्नुभयो, ‘बिजुली खपत बढाउन तत्काल गर्न सकिने काम, त्यसपछि एक वर्ष, दुई वर्ष, पाँच वर्ष र १० वर्षभित्रमा आउने मागलाई पूरा गर्ने गरी पूर्वाधार संरचना बनाउन लागेका छौँ ।’

उद्योगहरूलाई भरपर्दो र गुणस्तरीय बिजुली दिन पूर्वाधार संरचनाको निर्माण तथा जनचेतनामा अधिकतम प्रयास गरिएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले अहिले चालिएका कदमको नतिजा अब देखिन थाल्ने बताउनुभयो ।

कार्यक्रममा उद्योगी व्यवसायीहरूले बिजुलीकाे महसुल महँगो भएकाले सस्तो बनाउन, कम भोल्टेज तथा ट्रिपिङ लगायतको समस्या समाधान गरी विद्युत् आपूर्ति सुधार गर्न, प्रसारण तथा वितरण प्रणालीको विस्तारमा लगानी बढाउन माग गरेका थिए ।

तत्काल यी उद्योगलाई दिन सकिन्छ बिजुली

बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूलाई तत्काल दुई सय मेगावाटसम्म थप बिजुली दिन सक्ने देखिएको छ । अशोक स्टिललाई थप २० दशमलव ५ मेगावाटको लोड स्वीकृत भएको छ । उद्योगले अहिले १६ एमभीए क्षमताको ट्रान्सफर्मर राखेकाले त्यी क्षमताअनुसार बिजुली दिन सकिने छ । ट्रान्सफर्मर थप गरेपछि उद्योगले मागेजति बिजुली दिन सकिने छ ।
जगदम्बा स्टिलले मेगावाट थप माग गरेको छ । उद्योगलाई दुई महिनाभित्रमा विद्युत् आपूर्ति दिन सकिने छ । जगदम्बा इन्टरप्राइजेजको ३० मेगावाटका लागि कनेक्शन सम्झौता गर्न लागिएको छ । सम्झौता भएपछि उद्योगलाई बिजुली उपलब्ध गराइने छ ।

हिमाल आइरनलाई एक सय ३२ केभी लाइनबाट विद्युत् आपूर्ति लिने गरी ३० मेगावाट लोड स्वीकृत भइसकेको छ । उद्योगले आफ्नोतर्फ लाइन बनाएपछि परवानीपुर सबस्टेशनबाट तत्काल बिजुली दिन सकिने छ । नारायणी अस्पतालाई २० दशमलव ५ मेगावाट विद्युत् आपूर्तिका लागि ग्रिड प्रभाव अध्ययन (जीआईएस) भइरहेको छ ।

बाराको सियरामा निर्माण हुन लागेको विशेष आर्थिक क्षेत्र (सेज) लाई तत्काल बिजुली दिन सकिने छ । सेजमा आउँदा दिनमा खुल्ने उद्योगहरूलाई लक्षित गरी लाइन विस्तार र सबस्टेशन निर्माण गर्न लागिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस