बुधबार, मंसिर २६, २०८१
  • होमपेज
  • समाचार
  • एमालेले महाधिवेशन चितवनमा गरेको कुरालाई ‘नेगेटिभ’ रूपमा लिएको छैन, विकाश कस्तो गर्नुपर्छ भनेर पाठ सिकायो : प्रचण्ड
समाचार

एमालेले महाधिवेशन चितवनमा गरेको कुरालाई ‘नेगेटिभ’ रूपमा लिएको छैन, विकाश कस्तो गर्नुपर्छ भनेर पाठ सिकायो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेले चितवनमा महाधिवेशन गरेको कुरालाई आफूले नेगेटिभ रूपमा नलिएको बताएका छन्।

आज (शनिबार) बिहान नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहमा बोल्दै प्रचण्डले भर्खरै सम्पन्न एमाले महाधिवेशन चितवनमै हुनुलाई आफूले ‘पोजिटिभ’ रूपमै लिएको बताएका हुन्।

विज्ञापन

यसअघि आफूलाई ‘सिध्याउन’ एमालेले आफ्नो गृहजिल्ला चितवनमा महाधिवेशन आयोजना गरेको भनेर आरोप लगाउने गरेका प्रचण्डले आज भने सकारात्मक कुरा गरेका हुन्।

विज्ञापन

विकासको मात्र होइन, राजनीतिको केन्द्रसमेत चितवन बनेको प्रचण्डले दाबी गरे।

‘केही दिनअगाडि यहाँ निकै ठूलो मेलाजस्तै गरी मानिसहरू जम्मा भए र नारायणी के चिज हो, यहाँको भौतिक पूर्वाधार के हो भन्ने कुरा देखेर जाने त एउटा कुरा भयो’, उनले भने, ‘चितवनमा विकासले गति लिएको रहेछ भन्ने कुरा उपस्थित भएका मानिसहरूले देखेर गए नै। त्यसको साथै चितवन जिल्लाको राजनीतिक महत्त्व के हो भन्ने कुरा पनि स्थापित गरेर गएको लाग्छ मलाई।’

प्रचण्डले अगाडि भने, ‘त्यस अर्थमा मैले त्यल्लाई नेगेटिभ्ली लिएको छैन। त्यो (एमाले महाधिवेशन) चितवनमै हुनु पोजिटिभै कुरा हो भनेर लिएको छु।’

यही मंसिर १० गते नारायणी नदी किनारमै एमालेको दसौं महाधिवेशन उद्घाटन गरिएको थियो भने सौराहामा बन्दसत्र गरी १४ गते सम्पन्न गरिएको थियो।

एमालेहरुले चितवनमा कस्तो विकास भएको छ भनेर हेरेर गए : प्रचण्ड

चितवन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन जिल्ला राजनीतिको केन्द्र बन्न पुगेको बताएका छन् । नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले केही दिनअघि एमालेको १० औं महाधिवेशनमा सहभागी हुन आएकाहरुले चितवनको विकास र महत्व बुझेर गएको पनि प्रचण्डले टिप्पणी गरे ।

 

‘हुँदाहुँदा अब त राजनीतिको केन्द्र पनि चितवन भएको छ’, प्रचण्डले भने, ‘केही दिनअगाडि यहाँ मेलाजस्तैगरी मान्छे भेला भएर नारायणी के हो, चितवन के हो, यहाँको भौतिक पूर्वाधार के हो देखेर जाने त एउटा कुरा भयो ।

 

चितवनमा विकास त भएको रहेछ भन्ने कुरा उपस्थित भएका मान्छेहरुले देखेर गए नै । त्यसको साथै चितवन जिल्लाको राजनीतिक महत्व के हो भन्ने कुरा पनि थापित गरेर गएको लाग्छ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस