आइतवार, कार्तिक २२, २०८३
  • होमपेज
  • समाचार
  • अरुको बैशाखी टेकेर समाजवादी क्रान्ति सम्भव छैन : पोखरेल
समाचार

अरुको बैशाखी टेकेर समाजवादी क्रान्ति सम्भव छैन : पोखरेल

महोत्तरी।

नेकपा माओवादी केन्द्रका नेता, पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मधेश रुपान्तरणका लागि सामाजिक एवं साँस्कृतिक जागरणको अभियान चलाउनुपर्ने बताएका छन्। महोत्तरीको भंगहा नगरपालिकास्तरीय माओवादी केन्द्रको पहिलो नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले समाजमा छुवाछुत, अन्धविश्वासविरुद्ध लड्नुपर्ने बताएका हुन्।

विज्ञापन

‘समाजमा बोक्सी, छुवाछुत, अन्धविश्वास छ। यसविरुद्ध लड्नु पर्छ।’ उनले भने, ‘विभेद र असमान्ता अन्त्य भएको छैन। यी सबै कुरा अन्त्यका समाजवादी क्रान्तिको झण्डा उठाउनुपर्छ।’ पार्टीको संगठनलाई जनतासँग जोड्दै विधी र पद्धतिमा अब माओवादी केन्द्र संचालन हुने उनको भनाई छ।

विज्ञापन

उनले भने, ‘हाम्रो पार्टीको ७ लाख संगठित सदस्य छन्। स्वातन्त्रत ढंगले पार्टीको संगठन निर्माण गर्न सकिएन भने अरुको बैशाखीमा टेकेर समाजवादी क्रान्ति सफल हुनसक्दनौं।’ नेकपा माओवादी केन्द्रका स्कूल विभागका प्रमुख समेत रहेका पोखरेलले केपी ओली फाँसीवादको बाटो लागेको आरोप लगाए। उनले १२५ जाती र १२३ भाषाभाषी भएको देशलाई नयाँ उचाईमा लैजान समाजवादी क्रान्तिको आवश्यकता रहेको उल्लेख गरे।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १३ घन्टा अगाडि

भर्खरै

सिफारिस