शनिबार, कार्तिक २८, २०८३
  • होमपेज
  • समाचार
  • प्रचण्डले नलडेको भए सामन्तवादको अन्त्य हुने थिएन : शर्मा
समाचार

प्रचण्डले नलडेको भए सामन्तवादको अन्त्य हुने थिएन : शर्मा

काठमाडौं।

अर्थमन्त्री जनार्दन शर्माले नेकपा माओवादी केन्द्रले प्रतिगमनकाविरुद्ध पनि संघर्ष गरेर संविधानको रक्षा गर्न सफल भएको दाबी गरेका छन्।

विज्ञापन

सोमबार प्रेस सेन्टर नेपाल काठमाडौ जिल्लाको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले माओवादी केन्द्रले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न नेतृत्व गरेको र जनयुद्ध जनआन्दोलनलाई अघि बढाउँदै पछिल्लो समय प्रतिगमनकाविरुद्ध पनि संघर्ष गरेर संविधानको रक्षा गर्न सफल भएको दाबी गरेका हुन्।

विज्ञापन

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सामन्तवादको विरुद्ध लड्न नयाँ कार्यदिशा नबनाएको भए र सो अनुसारको उत्पीडित वर्ग जाति क्षेत्र र समुदायलाई आग्रह नगरेको भए नेपालमा सामन्तवादको अन्त्य हुनेमा कल्पना समेत गर्न नसकिने बताए।

उनले पार्टी नेतृत्वले उठाएका मुद्दाहरू राष्ट्रको एजेण्डा बनेको र त्यही एजेण्डाका आधारमा देश चलिरहेकाले राजनीतिक नेतृत्व गर्ने माओवादी हो र अध्यक्ष प्रचण्ड नेतृत्व गर्न सक्षम छन् भन्ने कुरा स्थापित गर्न नसक्दा विगतमा पार्टीमा अनेक खालका अन्यौलताहरू सिर्जना भएको बताए।

त्यस्तै उनले प्रेस सेन्टर नेपाल काठमाडौ जिल्लाका प्रतिनिधिलाई क्षमताको अभिवृद्धि गर्दै जनतासँग सम्बन्धी विभिन्न विधाहरूमा विश्लेषणात्मक समाचारहरू तथा सूचना प्रवाह गर्नेतर्फ केन्द्रित हुन आग्रह गरे।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ६ दिन अगाडि

भर्खरै

सिफारिस