मङ्लबार, कार्तिक २४, २०८३
  • होमपेज
  • समाचार
  • माओवादी र दुई समाजवादी मिलेर नयाँ शक्ति बनाऊँ : बाबुराम भट्टराई
समाचार

माओवादी र दुई समाजवादी मिलेर नयाँ शक्ति बनाऊँ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ समाजवादी शक्ती बनाउनुपर्ने बताएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले जसपा, एकीकृत समाजवादी र माओवादी केन्द्र मिलेर त्यस्तो शक्ति बन्न सक्ने बताएका हुन्।

विज्ञापन

जसपा रुपन्देही क्षेत्र नम्बर २ ले आइतबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले कांग्रेस र एमालेबाट अब मुलुक परिवर्तन नहुने पनि दाबी गरे।

विज्ञापन

‘उदार लोकतन्त्रवादीको एउटा धारको रुपमा कांग्रेस रहिरहन्छ। जतिपटक सरकारमा गए पनि त्यसबाट मुलुक रुपान्तरण हुन सक्दैन,’ उनले भने ‘केपी ओलीको एमाले चरम यथास्थितिवादी र प्रतिगमनको नेतृत्व गर्ने शक्तिका रुपमा रुपान्तरण हुँदै गएको छ।’

भटराईले राष्ट्रवाद र ‘कम्युनिजमको कक्टेल’बाट नवफाँसीवादीका रुपमा एमाले पतन हुँदै गइरहेको तर्क गरे।

एमाले अग्रगमनको बाधक नै भएकाले बाँकी कम्युनिष्ट शक्ति मिलेर अघि बढ्नुपर्ने उनले बताए।

‘अहिले एकैपटक ध्रुवीकरण भएर पार्टी त नबन्ला, तर पनि प्रतिगमनको विरोधमा सहकार्य, आगामी नयाँ एजेण्डाका लागि र अन्तत एउटा नयाँ प्रकारको समाजवादी शक्ती निर्माण गर्ने दिशामा जानुपर्छ,’ भट्टराईले भने।

उनले एमाले महाधिवेशनमा देखिएको महाधिवेशनको तडकभडक निभ्न लागेको बत्ती जस्तो भएको पनि टिप्पणी गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ३ दिन अगाडि

भर्खरै

सिफारिस