चितवन।
नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले समाजवादी आकांक्षा अल्मलिएको बताएका छन्। शुक्रबार एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्य राख्ने क्रममा पोखरेलले यस्तो बताएका हुन्।
विज्ञापन
उनले एमालेतर्फ संकेत गर्दै भने,‘एक्लै हिँड्ने तरिकाले कहीँ पुगिदैन।’ उनले नेपाली कम्युनिष्ट आन्दोलनमा थुप्रै समस्या भएको बताए। कम्युनिष्टहरुका विभक्त मनोविज्ञानलाई केन्द्रिकृत गर्नुपर्ने बताए।
विज्ञापन
नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले विभाजन र एकता कम्युनिष्ट आन्दोलनमा ७० वर्षदेखि रहेको बताए। अन्तविरोधहरु समाजमा स्थिर नहुने उनले बताए। सामजिक शक्तिबीच द्वन्द्व र एकता स्वाभाविक रहेको उनको भनाइ छ।
फेसबुक प्रतिक्रियाहरु