शुक्रबार, चैत्र १४, २०८१
  • होमपेज
  • समाचार
  • एमाले देश लुटेको पैसाले नारायणीमा भोज गर्दैछ : रन्जित तामाङ
समाचार

एमाले देश लुटेको पैसाले नारायणीमा भोज गर्दैछ : रन्जित तामाङ

काठमाडाैं।

अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष रन्जित तामाङले देश लुटेको पैसाले एमालेले चितवनमा भोज गरिरहेको आरोप लगाएका छन्। नेकपा (माओवादी केन्द्र) माइनगरपालीका इलामको नगर सम्मेलनलाई बिहिबार सम्बोधन गर्दै तामाङले चितवनमा पार्टी अधिवेशन गरिरहेको नेकपा एमाले माथि यस्तो आरोप लगाएका हुन्।

विज्ञापन

उनले साढे तीन वर्ष जनताको मतको अपमान गर्दै ओलीले मजाक र ठट्टा गरेर बिताएको बताए। उनले ले केपी वली नेतृत्वको सरकारको भ्रष्टाचार छानबिन हुनुपर्ने माग समेत गरे। तामाङले भने ,’केपी ओली सरकारले इतिहासमा पहिले कहिल्यै नभएको भ्रष्टाचार गरेको छ र त्यही देश लुटेको पैसाले नारायणी किनारमा ‘पिकनिक’ आयोजना गरेर धुलो उडाइरहेको छ । हामी ओली सरकारका पालाम भएको अभूतपूर्व भ्रष्टाचारमाथि छानविनको माग गर्दछौं ।’

विज्ञापन

आफ्नो अधिकांश समय केपी ओली र एमालेको आलोचनामा खर्चेका तामाङले ओलीमाथि गणतन्त्रको संघर्षमा भागेको र गणतन्त्र आइसकेपछि पनि संघीयता र गणतन्त्र बिरुद्ध चलखेलको असफल प्रयास गरिरहेको आरोप समेत लगाए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस