आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • मेटमणी श्रममन्त्री बन्दै, किसान श्रेष्ठ ‘आउट’
समाचार

मेटमणी श्रममन्त्री बन्दै, किसान श्रेष्ठ ‘आउट’

काठमाडौं । 

सत्तारूढ गठबन्धनले श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा दिएर मेटमणि चौधरीलाई श्रम श्रम मन्त्री बनाउने तयारी थालेको छ ।

विज्ञापन

यससम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सहमति भइसकेको स्रोतको दाबी छ ।

विज्ञापन

उद्योग मन्त्रालय यतिबेला खालि छ । पछिल्लो पटकको मन्त्रिपरिषद बिस्तारमा गजेन्द्र हमाललाई उद्योगमन्त्री बनाइएको थियो तर प्रधानन्यायाधीशको कोटाबाट उनलाई मन्त्री बनाइएको भन्दै सर्वत्र आलोचना भएपछि उनले दुई दिनमै राजीनामा दिएका थिए ।

प्रधानमन्त्री देउवासँग सहमति भएपछि आजै (आइतवार) अध्यक्ष नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बारे बोल्दै खालि रहेको उद्योग मन्त्रालयमा मन्त्री चाहिए आफूले दिने बताएका थिए ।

मन्त्री बन्न लागेकोबारे चौधरीले आफूलाई केही थाहा नभएको बताए । उनले भने, ‘म गृहजिल्लातिरै छु । मन्त्री बन्नेबारे मलाई केही प्रस्ताव आएको छैन ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस