On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • घनश्याम भुसालले भने: ओलीकै कारण एमाले बार्बाद हुँदैछ
समाचार

घनश्याम भुसालले भने: ओलीकै कारण एमाले बार्बाद हुँदैछ

काठमाडौं ।

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी ओलीको बारेमा भएको प्रचारले एमाले बर्बाद हुने बताएका छन् । उनले अहिले विकल्प नै छैन भनेर भैरहेको प्रचारकै कारण पार्टी बर्बादीतर्फ जाने बताएका हुन् ।

विज्ञापन

पार्टीका बौद्धिक नेता मानिएका भुसालले १० औं महाधिवेशनको तयारी चलिरहेकै बेला यस्तो बताएका हुन् । शुक्रबार मात्रै एमालेले पत्रकार सम्मेलन गरे महाधिवेशनको लोगो र कार्यक्रमबारे जानकारी दिएको थियो । उक्त कार्यक्रममै ओलीको विकल्प नभएको तर्क नेताहरूले गरेपछि नेता भुसालले यस्तो बताएका हुन् ।

विज्ञापन

‘यदि विचारका आधारमा अलग्याउने हो भने त्यो भयङ्कर गल्ति हुन्छ । किनभने सही विचारलाई एक्ल्याउने कुरा पार्टी लागेर गर्नु गलत हुन्छ । पार्टीमा लामो समय लागेका जोसुकै पनि महाधिवेशनमा जान स्वतन्त्र छ । त्यसो गर्दा यसको निर्णय कसले गर्छ भने निश्चय नै महाधिवेशन प्रतिनिधिहरुले निर्णय गर्छ’ भुसालले भनेका छन्, ‘तर, हामी अहिलेसम्म त्यो तहमै छलफल गरेका छैनौं । यद्यपी १५ दिनमा महाधिवेशन हुँदैछ । तर नेतृत्वको विषयमा हामी प्रवेश नै गरेका छैनौं । बहिर भने विकल्प÷निर्विकल्प दुनियाँभरी प्रचार भएका छन् । यस्ता गतिविधिले पार्टीलाई नै बर्वादीतर्फ लैजान्छ ।’

एमाले केन्द्रीय कार्यलय प्रचार विभागले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानबाट १० औं महाधिवेशनको लोगो सार्वजनिक र महाधिवेशन व्यवस्थापन तयारी सम्बन्धमा पत्रकार सम्मेलन गरी अहिलेसम्म भएका कार्य प्रगति जानकारी गराएको थियो ।

कार्यक्रममा संगठन विभाग प्रमुख ईश्वर पोखरेलले १० औं महाधिवेशनले दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतावादको अन्त्य गर्ने दावी गरेका थिए । सहमतिको आधारमा नै नेतृत्व तय गर्ने बताएका थिए ।

तर, १० बुँदे पक्षधर एक नेता तथा पार्टी उप–महासचिव घनश्याम भुसालले महाधिवेशन तयारी सम्बन्धमा पार्टीको गतिविधिबारे आफूलाई कुनै जानकारी नभएको आशय व्यक्त गरेका हुन् । उनले सचिवालयको बैठक नबसेका कारण के–कस्तो तयारी भइरहेको हो भन्नेबारे आधिकारिक रूपमा थाहा नभएको उनले बताए ।

‘अहिलेसम्म सचिवालयको बैठक नै बसेको छैन । पार्टीको अध्यक्ष, महासचिव र संगठन विभाग प्रमुखका नाममा कामहरू भएका छन्’, उनले भनेका छन्, ‘उहाँहरूले के काम गर्नुभएको छ, अहिलेसम्म के–के तयारी भइरहेको छ ? हामीलाई थाहा छैन ।’ महाधिवेशनको मूल व्यवस्थापकीय समिति बनाइएकोले त्यसले स्थान, खाने–बस्ने लगायतका प्राविधिक व्यवस्थापन गरिरहेको देखिए पनि पार्टीको राजनीतिक सिद्धान्त, विचारजस्ता मूल कुरामा चाहिँ छलफल नै नभएको उनको भनाइ छ ।

पार्टीभित्रको कुरा बाहिरकाले बुझेर नहुने जिकिर गर्दै भुसालले एमालेका नेता तथा कार्यकर्ताले बुझ्न आवश्यक भएको बताए ।

‘हाम्रो पार्टीको कुरा अरुले बुझेर हुँदैन यो एमाले र यसकै कार्यकर्ताले नै बुझ्नु पर्छ’, उनले पार्टीभित्रको अवस्थाबारे जानकारी दिदै भने, ‘यसबीचमा गएको ५÷६ वर्षदेखि हाम्रो पार्टी प्रणाली बिग्रदै भत्किदै गएको कारणले र वैचारिक, सैद्धान्तिक प्रश्नहरुको महत्व कम गयो । अहिले कार्यकर्तामा सांगठनिक र व्यक्तिगत भूमिकाको प्रश्न बढ्ता तर राजनीतिक–सैद्धान्तिक प्रश्नहरुको कमी भएको छ ।’

पार्टीभित्र सामूहिक छलफल, बहस नगरी व्यक्ति र गुटको बैठकले सबै विषयको निर्णय लिने संस्कार स्थापित एमाले नै समाप्त हुने उनको बुझाइ रहेको छ । उनले महाधिवेशनको छोटो समयमा पार्टी नेतृत्वलको आगामी कदम हेरेर आफूले थप निर्णय लिने बताएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस