मङ्लबार, मंसिर ३०, २०८२
  • होमपेज
  • समाचार
  • शंकर पोखरेलसहित चार केन्द्रीय सदस्यले छाडे पार्टी, नेकपा (एस)मा प्रवेश
समाचार

शंकर पोखरेलसहित चार केन्द्रीय सदस्यले छाडे पार्टी, नेकपा (एस)मा प्रवेश

काठमाडौं। 

नेकपा (माले)का केन्द्रीय नेताहरू नै नेकपा (एस)मा प्रवेश गरेका छन् । (माले)का चार केन्द्रीय सदस्यले राजीनामा दिएर बिहीबार नेकपा एसमा समाहित भएका छन् ।

विज्ञापन

चार केन्द्रीय सदस्यले संयुक्त विज्ञप्ती जारी गर्दै माले छाडेको जनाएका छन् । केपी शर्मा फुयाललगायत चार जनाले पार्टीबाट राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ । पार्टी छाड्नेमा खोटाङबाट केन्द्रीय समितिमा रहेका फुयाल र श्यामराज राई, सिरहाका कालिप्रसाद यादव र तनहुँका शंकर पोखरेल छन् ।

विज्ञापन

माले पछिल्लो समय वैचारिक र सैद्धान्तिक हिसाबले बिचलित भएकाले छाड्नु परेको पूर्वसांसद समेत रहेका फुयालले बताए । ‘पछिल्लो समयमा संघीयता खारेज गर्ने, धर्मनिरपेक्षता हटाउने, राजावादीहरुसँग साठगाँठ गर्ने, केपी ओलीको असंवैधानिक कदमलाई घुमाउरो पाराले समर्थन गर्ने लगायतका गतिविधिले पार्टी छाडिएको हो,’ फुयालले भने–‘यस्तो विचार भएको पार्टीमा रहन नसक्ने भएपछि बाहिरिएका हौं ।’

माले छाड्न साथ नेकपा (एस)मा समाहित भएको समेत फुयालले बताए । उनले खोटाङ, तनहुँ र स्याङ्जा नेकपा (माले) जिल्ला कमिटीका सबै पदाधिकारी नेकपा (एस)मा समाहित भएको समेत बताए ।

प्रचण्डको दाबी : माओवादी फेरि पहिलो पार्टी बन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र फेरि पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

 

डोल्पा सदरमुकाम दुनैमा बिहीबार कार्यकर्ता भेटघाटका क्रममा उनले अब थोरै कसरत गरे आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी हुनेमा ढुक्क हुन कार्यकर्तालाई आश्वासन दिए ।

 

उपल्लो डोल्पा पुगेका अध्यक्ष प्रचण्डले डोल्पामा विकास अपरिहार्य रहेको र त्यो माओवादीले मात्रै बुझेको बताए । शान्ति प्रक्रियामा आएलगत्तै माओवादी पहिलो दल भएको र अब आउने निर्वाचनमा पनि पहिलो दल बन्ने दाबी गरे ।

उनले अहिलेको गठबन्धन सरकारले निर्वाचनमा समेत गठबन्धन गरेर ओली प्रवृत्ति हराउने बताए ।

 

अर्थमन्त्री जर्नादन शर्माले डोल्पाको विकासमा आफूले जति पनि बजेट व्यवस्था गने बताए ।

अध्यक्ष प्रचण्ड, कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत, अर्थमन्त्री शर्मा र पूर्वमन्त्री सत्य पहाडी माथिल्लो डोल्पाबाट आज सदरमुकाम दुनै पुगेका हुन् ।

दुई दिनको डोल्पा भ्रमण सकेर प्रचण्डको टोली आजै काठमाडौं फर्किएको छ । छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङसहित दुई वडाका अध्यक्ष माओवादीमा प्रवेश गरेका छन् ।

उनीहरू नेकपा एमालेबाट माओवादीमा प्रवेश गरेका हुन् ।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस