शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • चितवनको चेपाङ मार्गमा सुरुङ बनाउन मैले धेरै प्रयास गरिरहेको छु : नेता पाण्डे
समाचार

चितवनको चेपाङ मार्गमा सुरुङ बनाउन मैले धेरै प्रयास गरिरहेको छु : नेता पाण्डे

चितवन।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले चितवनमा सुरुङ मार्ग बनाउन दबाब दिएको भन्ने समाचार विभिन्न अनलाइनलमा आएपछि चितवनका सांसद सुरेन्द्र पाण्डेले त्यसको खण्डन गरेका छन् ।

विज्ञापन

नेकपा एमालेका नेता तथा चितवन क्षेत्र नम्बर १ का सांसद पाण्डेले अघिल्लो सरकारले ल्याएको बजेटमा नै त्यस क्षेत्रमा सुरुङ राख्ने योजना परेको  बताए । उनले भने, ‘ त्यस सडकको नाम चेपाङ मार्ग नै मैले राखेको हो । सो सडक बनाउने सोच र योजना मेरो नै हो । अहिलेको अर्थमन्त्रीले पनि तपाइँको क्षेत्रमा के योजना राखौं भनेर सोधेका थिए । सोही अनुसार सो योजना प्रतिस्थापन बजेटमा परेको हो ।’ उनले नेपाल सरकारले मात्र सुरुङ मार्गमा लगानी गर्न नसक्ने भएकोले एडीबीको सहयोगमा सुरुङ मार्ग बनाएर सडकखण्डलाई अझैं छोटो पार्ने योजना अघि सारिएको चितवन क्षेत्र नं १ का सांसद सुरेन्द्र पाण्डेले बताए ।

विज्ञापन

 

 

 

वासवाङ ताल्तीखोला छेउबाट सुरूङमार्ग बनाउने प्रस्ताव योजनामा छ यसो हुँदा भण्डारा मलेखु सडकको ६२ किलोमिटरको दूरी ५० किलोमिटरमा झार्ने योजना छ । उनले चेपाङ मार्गमा धादिङ र चितवन दुवैतिरबाट सडक कलोपत्रेको काम भइरहेको जानकारी दिए ।

त्यसैगरी चितवनमा मझिमटार–शक्तिखोरको सुरुङ अध्ययनको चरणमा छ । तर त्यही ठाउँको चेपाङ मार्गमा पर्ने दुम्लिङ–वासपाङ (चेपाङमार्ग) सुरुङमार्ग प्रतिस्थापन बजेटमा राखिएको छ । चेपाङ मार्ग धादिङको मलेखुबाट राप्ती नगरपालिकाको भण्डारा चोकमा जोडिन्छ । राप्ती नगरपालिकाकी नगर प्रमुख प्रभा बरालले चेपाङ मार्गमा सुरुङ आवश्यक रहेको विचार राखिन् ।

अर्थमन्त्री जनार्दन शर्माले चितवनसहित प्रतिस्थापन विधेयकबाट सात सुरुङमार्ग थपेका छन् । विष्णु पौडेलले ल्याएको बजेटमा स्रोत सुनिश्चितता बिना धेरै आयोजना राखेको भन्दै व्यापक आलोचना गरेका शर्माले सात वटा सुरुङमार्ग थपेका हुन् ।

\सुरुङमार्ग बनाउन धेरै चरणको अध्ययन र तयारी चाहिन्छ । मन्त्रालयका अनुसार बबई–छिन्चु, ताथली–वीओपी, दुम्लिङ–वासपाङ (चेपाङमार्ग), फुर्सेखोला–छारेपाटन–स्याङजा गुडीखोला, बागलुङ– नरेठाँटी, रारा राजमार्गको ब्याउली ढुंगा र जुम्लाको इमिलचा खोला गरि सात वटा सुरुङमार्ग थपिएका छन् ।

भारत र चीनलाई सबैभन्दा छोटो दूरीमा जोड्ने ठोरी केरूङ मार्गलाई एक महत्वपूर्ण खण्डका रुपमा चेपाङ मार्ग रहेको छ । सो सडक खण्ड अन्तर्गत चितवन खण्डमा ३९ र धादिङ खण्डमा २३ किलोमिटर पर्दछ । २०६६ असोजमा सो मार्गको ट्रयाक खुलेको हो । चितवनको भण्डाराबाट कोराक, थाकलटार, देउरालीटार, कपरतक भञ्ज्याङ्ग, वासवाङ हुँदै धादिङ जिल्लाको सिमाना कान्द्राङगढीबाट महादेवस्थान र मलेखु पुग्न सकिन्छ । सो मार्गमा जीप र ठूला बस पनि ओहोरदोहोर गर्ने गर्दछन् । विकट बस्तीका चेपाङहरु भण्डारासम्म आएर सामान बेच्ने र किन्ने गर्दछन् ।

सो सडक निर्माण भएपछि चितवनबाट काठमाडौं जाने यात्रुको सडक दुरी छोटिनेछ । भण्डाराबाट भरतपुर मुग्लिन हुँदै मलेखुसम्म जान १०६ किलोमिटरको दूरी छ ।

भण्डारा मलेखु चेपाङ राजमार्ग ६२ किलोमिटर मात्र रहेकाले ४४ किलोमिटर दूरी कम हुने डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । मलेखु–भण्डारा ६२ किलोमिटर दूरीलाई सुरुङ बनाएर ५० किलोमिटर भित्रै झार्ने तयारी गरिएको छ । विज्ञका अनुसार एक किमी सुरुङमार्ग निर्माणका लागि ५ अर्ब रुपैयाँ भन्दा बढी बजेट चाहिन्छ । अहिले जापान सरकारको सहयोगमा नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माण भइरहेको छ। नेपालकै पहिलो आधुनिक सडकको रुपमा करिब २२ अर्ब रुपैया खर्चेर २.७ किमी सुरुङमार्ग निर्माण भइरहेको हो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस