आइतवार, अशोज २०, २०८१
  • होमपेज
  • समाचार
  • आज बस्ने एमाले सुदूरपश्चिम कमिटीको बैठक अवैध, बैठकका निर्णय नमान्ने : भीम रावल
समाचार

आज बस्ने एमाले सुदूरपश्चिम कमिटीको बैठक अवैध, बैठकका निर्णय नमान्ने : भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज हुने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक दश बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत भएको बताएका छन्।

बैठक बस्ने दिन रावलले समाजिक सञ्जालमा स्टाटस लेख्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई कथित र गुटबन्दीको नमुना भनेका छन्।

विज्ञापन

आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ।यो गुबन्दीको नमूना हो।यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्।अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि?

विज्ञापन

— Dr. Bhim Rawal (@BhimRawal179) November 9, 2021
उनले आज बस्ने बैठकले गर्ने निर्णयसमेत अवैध र अमान्य हुने रावलले चेतावनी दिएका छन्।

उनले पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन झापामा लागू हुने, सुदूरपश्चिममा किन लागू नहुने भन्दै प्रश्नसमेत गरेका छन्।

उनले सुदूरपश्चिमको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि भन्दै आक्रोशसमेत पोखेका छन्।

‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरित छ। यो गुटबन्दीको नमुना हो। यो बैठक र यसका निर्णयहरु अवैध र अमान्य छन्। अपानि १२ झापामा लागू हुने, सु.प.मा लागू नहुने किन? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि?’ सामाजिक सञ्जाल ट्वीटरमा रावलले भनेका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस