शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • माओवादी नेता जमकट्टेल भन्छन्, “एमाले जनमत नभएको असक्षम पार्टी हो”
समाचार

माओवादी नेता जमकट्टेल भन्छन्, “एमाले जनमत नभएको असक्षम पार्टी हो”

धादिङ ।  एमाले जनमत नभएको असक्षम पार्टी हो, केपी ओली असक्षम भए । एमालेले जनमत आफ्नो पार्टीलाई छ भन्ने नैतिक अधिकार छैन । गठबन्धन दलहरु संविधान रक्षार्थ एक भएका हुन्, संघीयता जोगाउन, प्रदेश जोगाउन केपी ओली र उनको प्रवृद्धि विरुद्ध एक भएको माओवादी केन्द्र बागमती प्रदेशका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बताएका छन् ।
आजको प्रदेशसभाको बैठकमा बोल्दै धादिङका प्रदेश सांसद समेत रहेका जमकट्टेलले आफ्नो पाटीका प्रदेश सांसदहरुले मुख्य मन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको मत दिने प्रतिवद्धता जनाउँदै एमाले विरुद्ध जनतामा जाने नैतिक अधिकार नभएको असक्षम पार्टी भएको बताएका हुन् ।
मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई विवेकशील साझा पार्टीले विश्वासको मत नदिने जनाएको छ । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालको अध्यक्षतामा आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस