आइतवार, अशोज २०, २०८१
  • होमपेज
  • समाचार
  • योगेशले भने : घुँडामुनि हानेको टाउैकमा लागेछ, बर्बराउन थालेछन्
समाचार

योगेशले भने : घुँडामुनि हानेको टाउैकमा लागेछ, बर्बराउन थालेछन्

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबारे बुधबारबारे टिप्पणीमा भइरहेको आलोचनाप्रति कटाक्ष गरेका छन्।

एमालेको १० औँ महाधिवेशन प्रचारबारे बुधबार पत्रकार सम्मेलनमा बताउने क्रममा योगेशले नेपाल नेतृत्वको पार्टीलाई अवैधानिक सम्बन्धपछि जन्मिएको सन्तान भनेका थिए।

विज्ञापन

त्यसैलाई लिएर नेपालका कार्यकर्ता र उनका विरोधीलेसमेत आलोचना गरिरहेका बेला उनले जवाफ फर्काएका हुन्।

विज्ञापन

योगेशले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् आफूले घुँडामा मात्रै हाने पनि टाउकैमा लागेर मित्रहरु बर्बराउन थालेको भनेका छन्।

‘घुँडामुनि हानेको त टाउको मै लागेछ कि के हो? मित्रहरु खुब छटपटाउन र बरबराउन पो थाले त!’, उनले बिहीबार बिहान भनेका छन्।

योगेशले नेकपा एमालेले आफूबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो १०औँ महाविधेशनमा अतिथिका रूपमा नबोलाउने बताएका थिए।

एमाले महाधिवशेनमा माधव नेपाललाई बोलाउने कि नबोलाउने भनेर पत्रकारले जिज्ञासा राख्दा भट्टराईले ‘अवैधानिक’, ‘पहिचान स्पष्ट नभएका’ पार्टीलाई नबोलाइने बताएका थिए।

‘कतिपय राजनीतिक दलको पहिचान स्पष्ट छैन। अवैध तरिकाबाट बनेका पार्टी छन्’, उनले भनेका थिए, ‘अवैधानिक सम्बन्धबाट बनेका पार्टीलाई सहभागी गराइरहनु पर्दैन। अरू राजनीतिक दलहरू सहभागी हुन्छन्।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस