शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • जो हामीसँग ठोक्किन्छ, टुक्रा-टुक्रा हुनेछ : माधव नेपाल
समाचार

जो हामीसँग ठोक्किन्छ, टुक्रा-टुक्रा हुनेछ : माधव नेपाल

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरुसँग टक्कर लिन खोज्नेहरु समाप्त हुने बताएका छन् ।

विज्ञापन

आज भक्तपुरमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले आफूहरुसँग टक्कर लिन खोज्दा कर्णाली प्रदेशमा नेकपा एमाले उठ्नै नसक्ने हालतमा पुगेको बताए ।

विज्ञापन

पूर्वप्रधानमन्त्री नेपालले हिन्दी लवजमा भने, ‘जो हमसे टकराएगा, चुरचुर होजाएगा ।’ नेपालले कर्णाली प्रदेशमा नेकपा एमालेको हालत उठ्नै नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी बनेको र प्रदेश नम्बर दुईमा एमालेभन्दा धेरै अगाडि रहेको माधव नेपालको भनाई छ । ‘कर्णाली प्रदेशमा हामीले टक्कर दिएर अर्को पार्टी उठ्नै नसक्ने गरी एमालेको हालत खतम छ’, उनले भने ।

त्यस्तै एक नम्बर प्रदेश र बागमती प्रदेशमा एकीकृत समाजवादी पार्टीको मुख्यमन्त्री बनेको बताउँदै उनले भने, ‘त्यसो हुनाले हामी भन्छौं हामीसँग टक्कर लिने कुरा सोच्यो भने तराईतिर भनिन्छ( जो हमसे टकराएगा चुरचुर होजाएगा, ख्याल गर ।’

आगामी निर्वाचनबारे विभिन्न ठाउँको आकलन गरिरहेको बताउँदै नेपालले भने, ‘आगामी चुनावमा एकीकृत समाजवादी पार्टीको विजय अभियान अघि बढ्ने छ । हामी जित्ने छौं । हामीसँग इर्ष्या गर्नेहरुको हालत खत्तम हुनेछ ।’

‘गठबन्धनलाई कसैले भत्काउन सक्दैन, छिटै चुनाव हुनेवाला छैन’, उनले भने । पूर्वप्रधानमन्त्री नेपालले संघीय संसदको चुनाव समयमै हुने र पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन नसक्नेसमेत बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस