शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने, पटका पड्काउनेलाई कारवाही गरिने
समाचार

चितवनमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने, पटका पड्काउनेलाई कारवाही गरिने

चितवन।

 

विज्ञापन

चितवन प्रशासनले तिहारको बेला राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न समेत आग्रह गरेको छ ।

विज्ञापन

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङद्वारा जारी सूचनामा देउँसीभैलोलगायतका परम्परागत साँस्कृतिक कार्यक्रम राति ९ बजेसम्म स्थानीय रुपमा सीमित संख्यामा सहभागी भई स्वास्थ्य मापदण्डको पालना गरेर खेल्न आग्रह गरिएको छ ।

 

 

 

समाजमा अशान्ति फैलाउने किसिमका आतिसबाजी, पटका पड्काउने, सो को अवैध बेचबिखन गर्ने, विष्फोटक पदार्थ आयात एवं बिक्री वितरण गर्ने कार्य पनि प्रशासनले निषेध गरेको छ । मूल्यवृद्धि र कालोबजारी नगर्न, मदिराजन्य पदार्थको सेवन गरी होहल्ला गर्ने कार्य नगर्न पनि प्रशासनले सम्बद्ध सबैमा अनुरोध गरेको छ । कानुन विपरितका क्रियाकलाप भए गरेको पाइए नजिकैको प्रहरी कार्यालयमा उजुरी गर्न समेत प्रशासनले अनुरोध गरेको छ ।

चाडपर्व मनाउँदा सरकारले तोके बमोजिम तथा जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञामा उल्लेख भए बमोजिमका मापदण्डको पालना गर्न पनि प्रशासनले अपिल गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस