On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख २४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ओली माओवादीलाई जिस्काउँदाको परिणाम भोगिरहेका छन् : दाहाल
समाचार

ओली माओवादीलाई जिस्काउँदाको परिणाम भोगिरहेका छन् : दाहाल

सर्लाही सदरमुकाम मलंगवामा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठन र महेन्द्र राय यादव निकट नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसन एकता घोषणा कार्यक्रममा बोल्दै दाहालले गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा ओली निकट सरकार रहेकाले ढालेको तथा अबको १५ दिनभित्र प्रदेश नम्बर–१ मा पनि अर्को सरकार बन्ने बताए । उनले ओलीको अहंकारकै कारण तीन प्रदेशमा सरकार गइसकेको र चौथो रुपमा रहेको प्रदेश–१ ढुलमुल ढुलमुल अवस्थामा रहेको बताए । ‘मैले माओवादी आगो हो, आगोसँग नखेल भनेर प्रधानमन्त्री हुँदा नै भनेको थिएँ, तर उनले मानेनन्, फलस्वरुप आफू पनि बालुवाटारबाट बालकोट जानुपर्‍यो, तीन प्रदेश पनि गयो, अब प्रदेश १ जाँदैछ ।’

पूर्वप्रधानमन्त्री दाहालले राजनीतिक स्थिरताका लागि पार्टी एकीकरण गरेर नेकपा बनाउँदै वामपन्थीहरुलाई समाजवादतर्फ लाने योजना रहे पनि केपी ओलीको षड्यन्त्र, निरंकुश शैली, एकाधिकारवादी, अहंकारीका कारण बादशाहजस्तो रहेको दुई तिहाइको सरकार ढाल्नु परेको बताए ।

विज्ञापन

नेता दाहालले मधेसी जनतासँगको प्रेममा ओलीसहितका केही तत्वहरु भिलेनको रोल खेलेर मधेसी जनतासँग अलग्याउन खोजिरहेको आरोप लगाए । उनले मधेसी जनताको अधिकारका लागि संविधान संशोधन प्रस्ताव राखे पनि ओलीसहितका षड्यन्त्रकारीहरुले पास हुन नदिएको जिकिर गरे । ओलीलाई मधेस विरोधीको संज्ञा दिँदै दाहालले मधेसका मसिहा भनाउँदा महन्थ ठाकुर र राजेन्द्र महतो ओलीका मतियार बनेको आरोप लगाए । उनले मधेसी जनताको पक्षमा काम नगर्ने राजेन्द्र र महन्थ मधेसका मसिहा तथा मधेसी नै नरहेको आरोप लगाए । नेता दाहालले प्रविधिकरुपमा कुनै त्रुटी नभए प्रधानमन्त्री फर्केपछि नागरिकताको ऐन पारित हुने विश्वास दिलाए ।

विज्ञापन

अध्यक्ष दाहालले नेपालमा अझै पनि शिक्षा क्षेत्र पछाडी परेको बताए । उनले शिक्षा क्षेत्रलाई राज्यले उपेक्षा गर्दै आएको बताए । दाहालले नेपालको विकास नहुनुमा शिक्षा क्षेत्र पछाडि पर्नु रहेको बताए । उनले यसका लागि नयाँ किसिमको आन्दोलन गर्नुपरे आफू त्यसका लागि नेतृत्वदायी भूमिका खेल्न तयार रहेको बताए । शिक्षक संगठनको एकताको घोषणा गर्दै दाहालले मधेसमा रहेको जसपा एकीकरण गर्न आह्वानसमेत गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस