On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • केपी ओली र दुर्गा प्रसाईंको सम्बन्ध
समाचार

केपी ओली र दुर्गा प्रसाईंको सम्बन्ध

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लाएर र शुभकामना लिंदै सुदूर पूर्वका मेडिकल व्यवसायी दुर्गा प्रसाईं एमाले पार्टी प्रवेश गरेपछि उनको र अध्यक्ष ओली बीचको सम्बन्ध सुमधुर तरिकाले गाँसिएको छ ।

विज्ञापन

 

विज्ञापन

दुर्गा प्रसाईं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अवैधानिक पैसामा व्यवसायी बनेको आरोप खेपिरहंदा एकाएक माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेपछि विरोधीको बोली बन्द भएको थियो ।

तर एक समयमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को लागि ज्यान दिन तयार भएका दुर्गा प्रसाईं केपी ओलीको नजीक कसरी बने र किन एमालेमा गांसिए भन्ने चाँसो बनेको छ ।

 

दुर्गा प्रसाईं र केपी ओली दुवै झापा निवासी तर दुर्गा र ओली बीच न कुनै राजनीतिक न त कुनै भावनात्मक सम्बन्ध थियो । झापा आन्दोलनबाट राजनीतिमा उदाएका थिए केपी ओली भने झापा मै बसेर माओवादी आन्दोलनमा हुमिएका थिए दुर्गा प्रसाईं । तर दुवै बीच सम्बन्ध प्रचण्ड कै कारण जोडिन पुग्यो । माओवादी आन्दोलनमा जेलसम्म भोगेका दुर्गा प्रसाईं व्यवसायमा लागे ।

 

राजनीति अवस्था र माओवादी आन्दोलनले सार्थक पाउन समय लाग्ने देखेर दुर्गा प्रसाईंले मेडिकल व्यवसायबाट पनि देशलाई विकाश गर्न सकिन्छ भन्ने बुझेर ठूलो रिस्क मोलेर सुदूरपूर्वमा अस्पताल र कलेज निर्माणको काम सुरु गरे । प्रचण्डसंग निकट त थिए साथै एक समय प्रचण्ड परिवारको विश्वास पात्रको रुपमा नै चिनिन्थे प्रसाईं तर आफ्नो व्यवसाय भने आफ्नै लगानीमा सुरु गरे । तर प्रचण्डको निकट भएको नाताले प्रचण्डको पैसामा अस्पताल खोलेको ट्याग उनको नाममा जोडियो । तर त्यो ट्याग संग डराएनन्, अघि नै बढे ।

 

२०७४ सालको निर्वाचनको तयारी गर्दैगर्दा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकीकरणको चर्चा शीर्ष नेताहरु बीच हुन थाल्यो । तर दुवै पार्टीका अध्यक्ष बीच राम्रो छलफल नभएका कारण एकीकरण टुंगो लागेको थिएन । यो कुरा जब दुर्गा प्रसाईंले सुईंको पाए, उनले दुई अध्यक्षलाई आफ्नो भक्तपुर निवासमा गोप्य छलफलको माहोल मिलाए । केपी शर्मा ओली आफ्नो स्वास्थ्य अवस्थालाई समेत विशेष ख्याल राख्ने भएकाले निजी निवासमा भेट्न खासै नरुचाउने हुँदाहुँदै दुर्गा प्रसाईंको निवासमा छलफलको लागी राजी भए सायद त्यो छलफल ओली र प्रसाईं बीच एउटा कनेक्सनको सुरुवात हुन लेखिएको थियो ।

 

दुर्गा प्रसाईंको निवासमा मार्सी चामलको भात खाँदै केपी ओली र प्रचण्डले पार्टी एकीकरण गर्ने एउटा खाका तयार पार्न सफल भए । त्यही छलफलले नेकपा पार्टी निर्माणको पहिलो सहमती जुट्न सफल भयो । दुर्गा प्रसाईंको त्यो प्रयासलाई केपी ओलीले नियालेका थिए जसले केपी ओली र दुर्गा प्रसाईं बीच भेट्ने र गफ गर्ने एउटा कनेक्सनको सुरुवात भयो ।

 

नेकपा पार्टी निर्माण भएपछी पनि दुर्गा प्रसाईं प्रचण्ड कै कित्तामा थिए । नेकपा पार्टी निर्माणको सुरुवाती सहमती आफ्नै निवासबाट भएको थियो, त्यही नेकपाको सरकार थियो, आफूले काँधमा बोकेर हिंडेको प्रचण्ड पार्टीको अध्यक्ष थिए तर दुर्गा प्रसाईं भने आफ्नो मेडिकल कलेजको सम्बन्धन पाउन नसकेको पिडा मनमा लुकाएर आफ्नै तर्फबाट कोशिश गरिरहेका थिए । आफ्नो कलेजले सम्बन्धन नपाएको संघर्षमा लडिरहेका दुर्गा प्रसाईं झस्किए जब नेकपा पार्टी भित्र संकट पैदा भयो ।

 

आफ्नो कोशिषमा पार्टी एकीकरण भएको भावनात्मक नाताले दुर्गा प्रसाईंले पार्टी संकटमा भएपछी दुवै अध्यक्षसंग भेटवार्ता गरे । फेरि यो संकटबाट जोगाउन दुवै अध्यक्षलाई फेरि भेटाएर मिलाउने कोशिष गरे तर यो पल्ट असफल भए । आखिर नेकपा पार्टी फुट्नु नै थियो । नेकपा फुट्ने बेला दुर्गा प्रसाईंले प्रचण्ड र केपी ओलीको नाडी छाम्न भ्याए ।

 

केपी ओलीसंग भएका अनेकौ वार्ता र प्रचण्डसंग भएका अनेकौ वार्ताबाट दुर्गा प्रसाईं केपी ओलीको भिजन प्रति बढि आकर्शित भए । आफूलाई पनि मेडिकल छेत्रबाट देश विकाश गर्ने हुटहुटी जागेको र केपी ओलीलाई पनि आधुनीक तरिकाले देश निर्माण गर्ने हुटहुटी जागेको देखेपछि दुर्गा प्रसाईंले प्रचण्डलाई छोडेर केपी ओलीलाई रोजे । नेकपा पार्टी फुट्यो, नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युतियों । दुर्गा प्रसाईंले एमाले नै रोजे तर पार्टी भने प्रवेश गरेनन् । सबैले आदर गरेर ‘बा’ भन्ने केपी ओलीलाई दुर्गा प्रसाईंले ‘हजुर बा’ भनेर सम्बोधन गरे ।

 

दुर्गा प्रसाईंले केपी ओलीको भिजन देखेर आकर्षित भएका थिए तर त्यो बेला फेरि प्रसाईंले आलोचना खेप्न पर्यो । प्रचण्डको पछि लागेर मेडिकल कलेजले सम्बन्धन पाएन त्यसैले प्रधानमन्त्री ओलीको पछि लागेको भन्ने आलोचना सुरु भयो तर दुर्गा प्रसाईं सत्यता ढिलो चांडो आउँछ भनेर चूप बसे । प्रधानमन्त्री केपी ओलीको बाँकी कार्यकालमा दुर्गा प्रसाईं सम्बन्धन पाउन आफु एक्लै लडी नै रहे तर पाएनन् । केपी ओली प्रधानमन्त्रीबाट हटे, अब दुर्गा प्रसाईं फेरि प्रचण्डसंग फर्केलान् भन्ने चर्चा सुरु भयो तर प्रसाईंले केपी ओलीलाई झन् कसिलो तरिकाले समाते । ओलीलाई समात्नुको कारण सम्बन्धन नभएर देश निर्माण गर्ने हुटहुटी थियो, एउटा आशा थियो ।

 

झापाबाट आन्दोलनदेखि जेलसम्म भोगेका दुर्गा प्रसाईं र केपी ओली बीचको सम्बन्ध देश विकास गर्ने हुटहुटीले जोडियो । दुर्गा प्रसाईंले केपी ओलीलाई हजूर बुवा भनेर सम्बोधन गर्दै ओलीसंग कयौं पल्ट वार्ता गरे । हरेक पल्ट केपी ओलीसंग भेट्दा आफूले नयाँ कुरा सिक्न पाएको महशुष गरेका प्रसाईंले एमाले प्रवेश गर्ने निर्णय केपी ओली कै कारण गरे । केपी ओली कै भिजनमा आफू प्रभावित भएका कारण एमाले प्रवेश गरेको दुर्गा प्रसाईं बताउछन् ।

 

दुर्गा प्रसाईं र केपी ओलीको सम्बन्ध हेर्दा फाईदा देखिदा देखिदै सबै भ्रम दुर्गा प्रसाईंले चिर्दै एमाले प्रवेश गरे । केपी ओलीको भिजनमा आफूलाई समेत भिजाउन दुर्गा प्रसाईं एमालेमा प्रवेश गरेका हुन् । कुनै फाईदा बिना पार्टी प्रवेश गरेका दुर्गा प्रसाईं राजनीतिमा समेत कुनै फाईदाको लागि नलाग्ने प्रतिवद्दता जनाएका छन् । आफुसंग झापामा र काठमाडौंमा घर गाडी भएको, छोरा छोरी आ-आफ्नो छेत्रमा स्थापीत भएको र आफ्नो व्यवसाय सफल भएको कारण आफूलाई अब देश विकास तर्फ लम्किने रहर लागेकोले युवा पुस्तालाई अघि सारेर राजनीतिमा सक्रिय हुने योजनाका साथ दुर्गा प्रसाईंले सक्रिय राजनीतिक यात्रा तय गरे ।

 

केपी ओलीसंगको सम्बन्ध पनि चिसिने होला भन्ने गम्भीर प्रश्नमा दुर्गा प्रसाईंले भने, “मैले केपी ओली सरकारमा हुँदा कुनै फाईदा लिईन, जब वहाँ सरकारबाट बाहिरिनु भयो तब मैले वहाँलाई रोजेको हुँ । हाम्रो सम्बन्ध भनेको देश विकासलाई हो र मैले धेरै नियालेर रोजेको हुँ । “

 

दुर्गा प्रसाईको ८ करोडको गाडीमा ओलीको नजर

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अहिले गृहजिल्ला झापाको यात्रामा छन् । आइतबार भद्रपुर विमानस्थल ओर्लिएका ओलीलाई स्वागत गर्न नेता कार्यकर्ता पुगेका थिए । स्वागत गर्न मेडिकल व्यापारी दुर्गा प्रसाई पनि पुगेका थिए, जो पछिल्लो समय एमालेमा सक्रिय छन्।

आइतबारै उनी बिर्तामोडको बृहत पार्टी प्रवेश कार्यक्रममा एमालेमा औपचारिक रुपमा प्रवेश पनि गरेका थिए । रोचक त के भने विमानस्थलमा ओलीलाई स्वागत गर्न प्रसाई आफ्नै गाडी लिएर पुगेका थिए।

प्रसाईको ८ करोडको गाडी ओलीको सयरका लागि विमानस्थलमा राखिएको थियो। सामान्यतया प्रमुख प्रतिपक्षी दलका नेता जिल्ला आउँदा स्थानीय प्रशासन वा प्रदेश सरकारले गाडी उपलब्ध गराउँछ। तर, ओलीको स्वागतमा प्रसाईको गाडी तम्तयार थियो, विमानस्थल बाहिर स्कर्टिङ सुरक्षा राखिएको थियो। त्यहीँ गाडीमा ओलीले गृहजिल्लामा सयर गरे।

भद्रपुर-१ स्थित पृथ्वीनगरमा पिता मोहन ओलीलाई भेट्नेदेखि विर्तामोडमा पार्टी प्रवेश कार्यक्रमसम्म ओली प्रसाईको गाडीमा सवार भए । बिर्तामोडमा त प्रसाईले नातामा ओलीले आफ्नो हजुरबुवासम्म पर्ने बताए ।

अनौपचारिक कुराकानीमा प्रसाईले सञ्चारकर्मीसँग बिर्तामोडमा भने, ‘८ करोडको गाडी, वन पिस गाडी मैले मात्र चढ्छु। अहिले अध्यक्ष ओलीज्यूलाई चढ्नलाई दिएको हुँ।’

त्यसो त ओलीको सवारीमा गाडीको लस्कर पनि देख्न सकिन्थ्यो। ल्याण्ड क्रुसर भी ८ वटा गाडी सडकमा लस्करै देखिन्थे, यी दृश्यले चुनावको झल्को दिइरहेको थियो। १६ वटा क्यामेरा र स्याटेलाइटसँग कनेक्ट पनि प्रयोग गरिएको थियो। न्युज कारखाना

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस