बुधबार, कार्तिक २५, २०८३
  • होमपेज
  • समाचार
  • एमालेसँग एक्लै लड्ने हिम्मत र आँट नभएर सबैले गठबन्धनको टेको समातेका हुन् : विष्णु पौडेल
समाचार

एमालेसँग एक्लै लड्ने हिम्मत र आँट नभएर सबैले गठबन्धनको टेको समातेका हुन् : विष्णु पौडेल

रुपन्देही ।

नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले पाँच दलीय गठबन्धनविरुद्ध एमाले एक्लै चुनाव लडेर अघिल्लो चुनावमाभन्दा राम्रो नतिजा ल्याउने बताएका छन् ।

विज्ञापन

नेकपा एमालेको पालिकास्तरको निर्वाचनमा गृहजिल्ला रुपन्देही आएका नेता पौडेलले मंगलबार बिहान तिलोत्तमा नगर कमिटीको प्रथम नगर अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीभित्रै बसेर पार्टीलाई समाप्त पार्ने समूह बाहिरिएकाले अबको निर्वाचनमा अझै राम्रो नतिजा आउने तर्क गरेका हुन् ।

विज्ञापन

पौडेलले भने – पार्टीभित्रै बसेर अन्तरघात गर्ने समूह अब छैन, एमाले एक्लै चुनाव लडेर ६० प्रतिशत स्थानीय तह एवं प्रदेश र संघीय संसदमा ६० प्रतिशत सिटमा विजयी हुनेछ ।

‘एमालेसँग एक्लै लड्ने हिम्मत र आँट नभएर सबैले गठबन्धनको टेको समातेका हुन्’, पौडेलले भने, ‘सत्तारुढ पाँच दलीय गठबन्धनविरुद्ध एमाले एक्लै चुनाव लड्छ र अघिल्लो चुनावभन्दा बढी नतिजा हासिल गर्छ ।’

फेरि मूलढोकाबाटै एमाले सिंहदरवार फर्कने भने– एमाले विभाजित भएको छैन, एकतावद्ध छ, यसको पुष्टि आगामी निर्वाचनले गर्ने छ ।

पार्टी कब्जा गर्ने र समाप्त गर्ने षडयन्त्रलाई कार्यकर्ताले असफल तुल्याएको भन्दै उपमहासचिव पौडेलले केही नेता चोइटिएर गएपनि एमाले एक ढिक्का रहेको दावी गरे । अहिले एमालेको ध्यान सरकार ढाल्ने र सिंहदरबारतिर नरहेको पनि उनले बताए । ‘सरकार ढाल्न चाहने हो भने हामी तत्कालै ढाल्न सक्छौं, तर हाम्रो ध्यान सिंहदरबारतिर नभइ जनतामा केन्द्रित छ’, उनले भने ।

संसदको पछिल्लो अवस्थालाई हेर्दा संसद विघटन सही थियो भन्ने कुराको पुष्टि भएको उनले बताए ।

एमाले केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले वडा अधिवेशनले देशव्यापी रुपमा पार्टी एकताको सन्देश दिएको र स्थानीय तहको अधिवेशनले यसलाई अझ फराकिलो पार्ने बताए ।

पार्टीका अर्का केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज दधिराम न्यौपानेले पार्टीलाई अझ संगठीत, चुस्त दुरुस्त र बलियो बनाएर लैजाने जिम्मेवारी कार्यकर्ता पंक्तिमा आएको भन्दै यो जिम्मेवारीलाई पार्टीका सबै कमिटीले पूरा गर्ने विश्वास व्यक्त गरे ।

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले नगरपालिकामा भएका विकास निर्माणका कामले नागरिकको मन जितेको भन्दै विकासका कामको दस्तावेजीकरण गर्न लागिएको र अवको निर्वाचनमा त्यही दस्ताबेज बोकेर जनतामा जाने बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार एवं राष्ट्रियसभा सांसद गोपाल भट्टराई, प्रदेश कमिटी सदस्य सुरेन्द्र बर्मा, पार्टीका नगर कमिटी अध्यक्ष मोहन चापागाईं, सचिव मिनप्रसाद पोखरेललगायतले पनि बोलेका थिए । अध्यक्ष मोहन चापागाईंले नयाँ नेतृत्वका आगि आकांक्षीहरु बढी हुनु स्वाभाविक रहेको भन्दै सहमतिमै सबैको भावना समेट्ने गरी नेतृत्व चयनको प्रयास भएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ३ दिन अगाडि

भर्खरै

सिफारिस