मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • समाचार
  • माधव नेपाल विध्वंशकारी, विनाशकारी र अस्थिरता ल्याउने तत्व हुन् : केपी ओली
समाचार

माधव नेपाल विध्वंशकारी, विनाशकारी र अस्थिरता ल्याउने तत्व हुन् : केपी ओली

काठमाडाैं।

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनाव नजित्ने दावी गरेका छन्। आइतवार एमाले झापा जिल्ला कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्ताे बताएका हुन्।

विज्ञापन

माधव नेपाल चुनाव नउठ्ने र समानुपातिकमा बस्ने जिकिर गर्दै अध्यक्ष ओलीले समानुपातिकमा पनि नेपालको मत नआउने तर्क गरे। उनले दुवै नेतालाई आगामी चुनाव जितेर देखाउन चुनौति समेत दिएका छन्।

विज्ञापन

उनले माधव नेपाल वर्तमान सत्ता गठबन्धनलाई विध्वंशकारी, विनाशकारी र अस्थिरता ल्याउने तत्व भएकाे भन्दै गठबन्धनलाई कसैले मत नहाल्ने पनि बताए। ‘जुँगा त आफ्नो पो ताउ लाउनुपर्छ। अर्काले टाँसिदिया जुँगा। हामीले टाँसिदिएका, सांसदमा जुन फुर्तिफार्ति गर्दैछन् यतिजना भनेर होलान् २० जना, २२ जना होलान्। त्यो हामीले टाँसिदिएको हो। प्रचण्डको फुर्ति हामीले जगाइदिएको हो।’

अध्यक्ष ओलीले अरु नेताहरुलाई एमालेमा फर्किन आग्रह गर्दै माधव नेपाललाई भने एमालेले नलिने स्पष्ट पारे। माधव नेपाल देशी, विदेशी प्रतिक्रियावादीहरुको सेवामा र उनीहरुसँग साँठगाँठ गरेर कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न हिँडेको उनको आरोप छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस