मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • समाचार
  • प्रचण्डको आलोचना गर्दै एमालेमा प्रवेश गरेका दुर्गा प्रसाईं भन्छन्-‘ओलीमा ली क्वान यू देख्छु’
समाचार

प्रचण्डको आलोचना गर्दै एमालेमा प्रवेश गरेका दुर्गा प्रसाईं भन्छन्-‘ओलीमा ली क्वान यू देख्छु’

झापा ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने बीएण्डसी अस्पताल, झापाका सञ्चालक दुर्गा प्रसाईं प्रचण्डको आलोचना गर्दै अन्ततः नेकपा एमालेमा प्रवेश गरेका छन् ।

विज्ञापन

आइतबार गृह जिल्ला झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रसाईंलाई खादा ओढाएर पार्टीमा प्रवेश गराएका हुन् ।

विज्ञापन

पार्टी प्रवेशसँगै कार्यक्रममा उनले आफ्नो मन्तव्य राखे । मन्तव्यका क्रममा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी नेपाल, जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको चर्को आलोचना गरे ।

प्रसाईंले दुवैलाई कम्युनिस्ट भन्न लाज लाग्ने बताए । आजको दिन देख्नकै क्रान्ति गरिएको हो भन्दै प्रचण्ड र बाबुराम दुवैलाई प्रश्न गरे ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीलाई हजुरबुबा भनेर प्रसाईंले सम्बोधन गरे । ओलीको प्रशंसै प्रशंसा गरे ।

ओलीलाई उनले सिंगापुरका निर्माता ली क्वान यू र मलेसियाका नेता महाथिर मोहम्मद नै भनिदिए । ‘ओलीमा म सिंगापुरका नेता ली क्वान यू देख्छु । महाथिर मोहम्मद देख्छु ।’

त्यसपछि प्रसाईंले माओवादीको खोइरो खन्दा हलमा हुटिङको वर्षा छायो । उनले माओवादीविरुद्ध खोइरो खनि नै रहे ।

प्रसाईं कसरी एमाले भए ?

एमाले र माओवादी केन्द्रबीच एकता हुनुअघि प्रचण्ड र ओलीलाई आफ्नै निवासमा लन्च भेट गरेका प्रसाईले दुवैलाई मार्सी चामलको भात खुवाएका थिए । र, उक्त तस्वीर अझैँ सार्वजनिक रुपमा चर्चामा आइरहेको छ ।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गरेर साबिककै एमाले र माओवादी केन्द्र ब्यूँताएपछि प्रसाईं ओलीतिर लागेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस