मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • समाचार
  • मन्त्री आलेको निर्देशनपछि सुदुरपश्चिमका पहाडी जिल्लामा उडान सुरु
समाचार

मन्त्री आलेको निर्देशनपछि सुदुरपश्चिमका पहाडी जिल्लामा उडान सुरु

काठमाडौं ।

नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ । वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएकोे हो ।

विज्ञापन

धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा हवाइसेवा सञ्चालन गर्न आजदेखि परीक्षण उडान गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो ।

विज्ञापन

पहाडी जिल्लामा हवाइसेवा सुरु भएपछि यहाँका बासिन्दालाई राहत मिलेको छ । हवाइ भाडा सस्तो भएकाले नियमित उडान गर्नुपर्ने यहाँका बासिन्दाको माग छ।

धनगढीदेखि डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५ भाडादर कायम गरिएको छ । धनगढीदेखि बझाङ तीन हजार ९९५ र बझाङदेखि धनगढी तीन हजार ८९५ हवाई भाडादर कायम गरिएको प्रमुख भट्टले जानकारी दिनुभयो

धनगढीबाट पहाडी जिल्लामा निगमले हवाइ उडानका लागि तालिका सार्वजनिक गरिसकेको थियो । केहीदिन अघि मात्रै संस्कृति, पर्यृटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सुदुरपश्चिमका पहाडी क्षेत्रमा तत्काल हवाइजहाज संचालन गर्न निर्देशन दिनुभएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस