शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुर महानगरले देवघाटमा आयुर्वेदिक अस्पताल बनाउने, मेयर रेनुद्धारा शिलन्यास
समाचार

भरतपुर महानगरले देवघाटमा आयुर्वेदिक अस्पताल बनाउने, मेयर रेनुद्धारा शिलन्यास

भरतपुर । भरतपुर महानगरपालिकाले नगरवासीको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले २९ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र तथा दुई स्थानमा आयुर्वेदिक औषधालय निर्माण गरि संचालनमा ल्याएको छ ।

महानगरकै अगुवाईमा देवघाटमा पनि आयुर्वेदिक अस्पताल बन्न लागेको छ । उक्त भवनको बिहीबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी छिन् । ९ कोठे आर सिसी भवनको शिलान्यास गर्दै प्रमुख दाहालले चितवन मेडिकल सिटीको रूपमा विकास हुँदै गएकाले विशेषज्ञ सेवा तर्फ विशेष ध्यान दिन आग्रह गरिन् ।

विज्ञापन

 

विज्ञापन

उनले भरतपुरमा कोहीपनि नगरवासी आधारभूत स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ हरेक क्षेत्रमा स्वास्थ्य केन्द्र र औषधालयहरूको निर्माण र विस्तारमा जोड दिएको बताइन् । आयुर्वेदिक चिकित्सा पद्धती पुरानो र महत्वपूर्ण रहेको बताउँदै उनले वडा न १४ शिवनगरमा ५० सैयाको आयुर्वेदिक अस्पताल स्थापना गरी संचालनमा ल्याइएको बताइन् ।

शिलान्यास गरिएको देवघाट आयुर्वेदिक औषधालय ६५ लाखको लागतमा ९ वटा आधुनिक कोठा सहितको निर्माण हुने र त्यसलाई समयमै गुणस्तरीय ढंगले निर्माण सम्पन्न गरी सेवा सुचारू गर्न प्रमुख दाहालले आग्रहसमेत गरिन् ।

सोही कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले देवघाट क्षेत्रमा निर्माणाधिन आयुर्वेदिक औषधालयले यस क्षेत्रमा आउने धर्मावलम्बी तथा स्थानिय नागरिकहरूलाई आयुर्वेदिक उपचारमा सहयोग पुग्ने बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस