On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एमालेमा ओलीले गरे फेरि झेली
समाचार

एमालेमा ओलीले गरे फेरि झेली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद मिलाउन गरिएको १० बुँदे सहमतिको कुनै औचित्य नभएको बताएका छन्। पार्टीलाई एकताबद्ध बनाउन गरिएको उक्त सहमतिलाई अध्यक्ष ओलीले तीन महिनापछि औचित्यहीन भएको बताएका छन्।

आन्तरिक कलहका कारण पार्टीभित्र धु्रवीकरण बढेपछि तत्कालीन अवस्थामा माधव नेपाललाई साथ दिँदै आएका १० जना नेताले १० बुँदे सहमति भएपछि सोहीमार्फत विवाद मिलाउन सकिने भन्दै नेपालको साथ छाडेका थिए। नेपालले पार्टी विभाजन गर्दा ती नेताहरू उनलाई साथ नदिई एमालेमै बसेका हुन्।

विज्ञापन

तर, ओलीले बुधबार एमाले वाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै आफूहरूले बनाएको पार्टीमा आफैं काम गर्ने भन्दै १० बुँदे सहमतिको औचित्य समाप्त भएको बताएका हुन्।

विज्ञापन

ओलीले नेता नेपाल एमालेमै रहन्छन् भनेर १० बुँदे सहमति गरिएको तर उनी पार्टीमै नरहेपछि त्यसको कुनै औचित्य नभएको बताए। ‘अब १० बुँदे, १० बुँदे, ट्यान्ड्याङ, ट्यान्ड्याङ गरिरहन आवश्यक छैन’, ओलीले भने, ‘माधव पार्टीमै रहन्छन् कि, पार्टी फुटाउँदैनन् कि भनेर १० बुँदे गरियाथ्यो, अब केको १० बुँदे ।’ उनले सारंगी बजाएजस्तो हात बनाउँदै अब १० बुँदेको गीत गाइरहनु आवश्यक नभएको पनि बताए।

नेपाललाई साथ दिँदै आएका भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराईलगायत दोस्रो पुस्ताका १० नेता १० बुँदे सहमति कार्यान्वयन हुने अपेक्षामा पार्टी विभाजनमा नलागी एमालेमै बसेका थिए। नेपालले एमालेबाट अलग भएर छुट्टै पार्टी बनाएका छन्। नेपालको साथ छाडेका रावलसहितका ती नेताहरूले १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन्।

१० बुँदे सहमतिअनुसार एमालेलाई २०७५ जेठ २ कै संरचनामा फर्काउने भनिए पनि रामबहादुर थापालगायत माओवादी केन्द्रबाट आएका नेताहरूलाई ओलीले काखी च्याँपेका छन्।

एमालेको प्रथम विधान अधिवेशनमा पनि ओलीले १० बुँदे सहमतिपछि पार्टीको जिम्मेवारीमा फर्केका नेताहरूलाई कुनै भूमिका दिएका थिएनन। ‘अब के १० बुँदे, १० बुँदे, हाम्रो पार्टी हो, हामीले बनाएको पार्टी हो, एक ठाउँ मिलेर एकताबद्ध भएर अगाडि बढ्ने सिद्धियो, साथीहरूले अलिअलि बाटो बिराउनुभयो होला, फर्केर आउने पार्टीमा काम गर्ने,’ ओलीले भने।

उनले नेपालको पार्टीमा गएकाहरूलाई पनि फर्केर आए उचित जिम्मेवारी दिन आफू तयार रहेको बताए। उनले नेपालको हकमा ‘पार्टीमा नो इन्ट्री’ भने। ‘माधव नेपालले २०५४ सालमा वामदेव गौतमले गरेको भन्दा ठूलो अपराध गरेका छन्, उनलाई पार्टीभित्र नो इन्ट्री’, ओलीले भने, ‘माधव नेपालले सोचेका होलाने वामदेव गौतमलाई जस्तो पार्टीमा ल्याउछन भनेर तर उनलाई नो इन्ट्री ।’

ओलीले सत्ता गठबन्धनको एकमात्रै ध्यान चुनावसम्म साँठगाँठ गर्ने रहेको तर त्यो गठबन्धन कुनै पनि बेला भत्कन सक्ने बताए। ‘यो सरकारको चुनावसम्म साँठगाँठ जोगाउनमात्रै ध्यान छ। अरुको त कुरै छोडौं, कांग्रेसका पुरानाहरू पनि पुर्पुरोमा हात राखेर बसेका छन्, रुखमा भोट हाल्ने कि, पेन्सिलमा हाल्ने कि, हँसिया–हथौडामा भनेर,’ ओलीले भने।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस