शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एकीकृत समाजवादीको लक्ष्य : ७ लाख संगठित, ६७ लाख पार्टी सदस्य
समाचार

एकीकृत समाजवादीको लक्ष्य : ७ लाख संगठित, ६७ लाख पार्टी सदस्य

नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ।

एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) अनुसार देशभर सात लाख संगठित सदस्यहरु बनाउने लक्ष्य राखेको छ।

विज्ञापन

अध्यक्ष माधवकुमार नेपालद्वारा जारी अपानिमा एक वडामा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य निर्माण गर्ने अभियान सञ्चालन गर्ने’ उल्लेख छ।

विज्ञापन

जसअनुसार एकीकृत समाजवादीले देशका ६ हजार ७ सय ४३ वडाहरुमा ६ लाख ७४ हजार ३ सय संगठित सदस्य बनाउने लक्ष्यअनुसार अभियान सञ्चालन गर्ने जनाएको छ।

एमालेकै जस्तो ढाचा र अवधारणामा बनेको यो पार्टीले संगठित र पार्टी सदस्य गरी दुई प्रकारका सदस्यको व्यवस्था विधानमा गरेको छ। जसअनुसार संगठित सदस्य पार्टीका सक्रिय कार्यकर्ता हुनेछन् भने पार्टी सदस्य समर्थक, मतदाता र सर्वसाधारण हुनेछन्।

अपानिमा दाबी गरिएअनुसार एकीकृत समाजवादीले देशभरी ६७ लाख ४३ हजार पार्टी सदस्य बनाउन अभियान सञ्चालन गर्ने छ। पार्टीले संगठित सदस्य र पार्टी सदस्य निर्माणका लागि सबै जनसंगठनहरु, सबै पेशा र वयवसायका जनता माझ सदस्यता वितरण अभियान प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति लिएको छ।

‘सदस्यता वितरण गर्दा वर्गीय धरातललाई हेरी, जनसेवाको भावनामा समर्पित, पार्टीप्रति निष्ठा र समर्पण भएका, पार्टीको विचार र नीति प्रति स्पष्ट भएका सबै वर्ग, जाति, भाषा, धर्म, लिंग, वर्ण, भूगोलका बासिन्दालाई समावेश गरिने नीति लिइने,’ अपानिमा उल्लेख छ।

एकीकृत समाजवादीले सबै जिल्ला कमिटीहरुलाई बढीमा एक महिनाभित्र पार्टी कार्यालयको स्थापना गरिसक्न, पालिका तहमा कार्यालय स्थापना गरेर कामलाई प्रभावकारी बनाउन र पार्टी कार्यालयहरुलाई नियमित र व्यवस्थित रुपमा सञ्चालन गर्न पनि निर्देशन दिएको छ।

एकीकृत समाजवादीले आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका र वडाहरुमा पार्टी कमिटी गठन गरिसक्ने योजना बनाएको छ।

त्यसैगरी जनसंगठनहरुका कमिटी पनि गठन गर्ने अपानिमा उल्लेख छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस