शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एमालेबाट बिद्रोह गरेर माओवादी प्रवेश गरेकी विमला ओली बनिन मन्त्री
समाचार

एमालेबाट बिद्रोह गरेर माओवादी प्रवेश गरेकी विमला ओली बनिन मन्त्री

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार थपिएका ६ मन्त्री र ४ राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका हुन्। मन्त्रीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ दिलाए।

विज्ञापन

यस्तै, राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ दिलाए। गत साउन २८ गते मुख्यमन्त्रीको शपथ लिएका केसीले ६० दिनपछि मन्त्रिपरिषद् विस्तार गर्दै १७ सदस्यीय बनाएका हुन्।

विज्ञापन

कांग्रेसबाट पाल्पाका वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाई, बाँकेका सुरेन्द्रबहादुर हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री र रुपन्देहीका बसिउद्दिन खाँ शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्री भएका छन् ।

यस्तै कांग्रेसबाट राज्यमन्त्रीमा दाङका अर्जुनकुमार श्रेष्ठ र कपिलवस्तुकी रिना नेपाल विकले सपथ लिएकी छन् । श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रिना पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री भएकी हुन् ।

माओवादीबाट बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्‍चार, दाङका इन्द्रजित थारू स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री भएका छन्।

माओवादीबाट दाङकी विमलाकुमारी वली खत्री स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री र कपिलवस्तुकी सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री भएकी छन् । नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती कानून, महिला, बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भएकी छन् ।

लुम्बिनीमा गत साउन २८ गते माओवादी केन्द्रका केसीको नेतृत्वमा नयाँ सरकार बनेको थियो । माओवादी केन्द्र, कांग्रेस, जसपा र स्वतन्त्र समूहका समेत सहभागी गराइएको हो ।

लुम्बिनीमा सत्तारुढ दल माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ मन्त्री, २ राज्यन्त्री, नेपाली कांग्रेसबाट ४ मन्त्री, २ राज्यमन्त्री, जनता समाजवादीबाट ३ मन्त्री, नेकपा एकीकृत समाजवादीबाट १ मन्त्री र १ जना स्वतन्त्र सांसद मन्त्री बनेका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस