शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • गौतमबुद्ध क्रिक्रेट रंगशालाको जिम्मेवारी महानगरले लिन्छ: रेनु दाहाल
समाचार

गौतमबुद्ध क्रिक्रेट रंगशालाको जिम्मेवारी महानगरले लिन्छ: रेनु दाहाल

काठमाडौं। भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाको जिम्मा महनगरले लिने बताएकी छन ।

भरतपुरको एक कार्यक्रममा बोल्दै दाहालले जनस्तरबाट रकम संकलन हुन सके निर्माणसम्पन्न पश्चात र रकम संकलन नभए जति निर्माण भएको छ त्यहीँबाट महानगरलाई हस्तान्तरण गर्ने सम्झौता पत्रमा उल्लेख भएको भन्दै अलपत्र हुन नदिने बताएका छन ।

विज्ञापन

महानगरले जग्गा मात्रै उपलब्ध गराउने र आर्थिक लगायतका सबै पक्ष धुर्मुससुन्तली फाउण्डेशनले जिम्मा लिने सम्झौता पत्रमा उल्लेख भएको बताउँदै जनस्तरबाट रकम संकलन हुन्छ भने पनि महानगरले मात्रै हालसम्म ८ करोड सहयोग गरिसकेको जानकारी दिएका छन ।

विज्ञापन

अहिले पनि २ करोड विनियोजन भएको बताउँदै धुर्मुस सुन्तली फाउण्डेशनले आधिकारिक रूपमा निर्माण अघि बढाउन नसक्ने बताएमा महानगरले जिम्मा लिएर निर्माण गर्ने बताए । रंगशाला निर्माणका लागि चितवनवासीले भरपुर सहयोग गरेको दाहालको भनाइ छ ।

गत साउन १५ देखि रंगशालाको संरचना निर्माण ठप्प छ । आर्थिक अभाव भएको भन्दै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले निर्माण रोकिन पुगेको बताएका थिए । यदि प्रतिवद्धता गरेअनुसारको रकम उठे मात्रै पनि निर्माण पूरा गर्न सकिने बताएका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस