शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ग्लोबल टाइम्स भन्छः ‘ताइवानको विषयमा हस्तक्षेप भए तेस्रो विश्व युद्ध हुनसक्छ
समाचार

ग्लोबल टाइम्स भन्छः ‘ताइवानको विषयमा हस्तक्षेप भए तेस्रो विश्व युद्ध हुनसक्छ

चीनले गत शुक्रबारदेखि यसहप्ताको सोमबारसम्म डेढ सय वटा लडाकु विमानहरु ताइवानको हवाई रक्षा क्षेत्रमा पठाएको छ। ताइवानलाई आ’क्रमण गरेरै क’ब्जा गर्ने चेतावनी दिएको समयमा यसरी चिनियाँ विमानहरु ताइवानको हवाई क्षेत्रमा अनुमति बेगर घुस्नुले ताइवान आफ्नो बनाई छाड्ने चिनियाँ दृढता बलियो भएको प्रस्ट हुन्छ।

लगातार आफ्नो देशको हवाई रक्षा क्षेत्रमा सयौं लडाकु विमानहरु चीनले पठाएपछि ताइवानकी राष्ट्रपति साइ इंग–वेनले चीनको आ’क्रामक गतिविधिको निन्दा गर्दै ताइवानले चीनसँग सैन्य टकराव नचाहेको उल्लेख गरेकी छिन्।

विज्ञापन

तर चीनले ताइवानमा आ’क्रमण गरेको खण्डमा भने ताइवानले आफ्नो क्षेत्र जोगाउन अपनाउनु पर्ने जति उपाय सबै अपनाउने उनको भनाइ छ। राष्ट्रपति साइले फरेन अफेयर्स पत्रिकासँग भनेकी छिन्,‘यदी चीनले ताइवान कब्जा गरेमा त्यो घटनाले पुरै एसियाको शान्ति खल्बलिनेछ। यसले एसियाको शान्ति र लोकतन्त्रमा विनाशकारी परिणाम निम्त्याउनेछ।’

विज्ञापन

१४९ पटक चिनियाँ लडाकु विमानहरु आफ्नो हवाई क्षेत्रमा घुसेपछि ताइवानका रक्षामन्त्रीले चिउ को–चेङले यो ४० वर्षयताकै खतरनाक घटना भएको बताएका छन्। ४० वर्षयता चीन ताइवानमाथि सबैभन्दा बढी आ’क्रा’मक भएको उनको भनाइ छ।

हालै अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले चीनको विमानहरु ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमामा घुस्नुलाई उत्तेजक र अस्थिर सैन्य गतिविधि भनेका थिए।

‘हामी ताइवानको नजिकै भएको चीनको उत्तेजक सैन्य गतिविधिबाट धेरै चिन्तित छौं,‘अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले एक विज्ञप्तिमा भनेका थिए,‘हामी ताइवान बिरुद्धको चिनियाँ सैन्य, कूटनीतिक, र आर्थिक दबाब रोक्न आग्रह गर्दछौं।’

प्राइसले चिनियाँ गतिविधिले क्षेत्रीय शान्ति र स्थायित्वमा धक्का लाग्ने पनि बताइरहँदा जापानले पनि ताइवान र चीनले विवादलाई कूटनीतिक रुपमा सुल्झाउनुपर्ने बताएको छ।

ग्लोबल टाइम्स भन्छः ते’स्रो विश्व युद्धको खतरा

हाल ताइवान र चीनबीच टकराब चलिरहँदा चीनको मुखपत्रको रुपमा रहेको ग्लोबल टाइम्सले एक लेख प्रकाशित गरेको छ। ग्लोबल टाइम्सले ताइवानको विषयमा हस्तक्षेप भए कुनै पनि बेला तेस्रो विश्व युद्ध हुनसक्ने उल्लेख गरेको छ।

चीनको मुखपत्रले यस्तो लेखेपछि यो प्रस्ट हुन्छ कि ताइवानको विषयमा अमेरिका अथवा कुनै राष्ट्रले हस्तक्षेप गरेमा त्यसको चीनले कडा प्रतिरोध गर्नेछ।

पत्रिकामा अमेरिकाले ताइवानको विषमया हस्तक्षेप गर्न नहुने उल्लेख छ। ताइवानको विषयमा अमेरिका हाबी हुनु आगोसँग खेल्नु बराबर भएको जनाइएको छ।

चीनले ताइवान आफ्नो भूमि भएको बताउँछ। अमेरिकाले ताइवानलाई हतियार बेच्न नहुने र ताइवान–चीनको समुद्री सीमामा जहाजहरु पठाउनु नहुने चीनको प्रस्ट धारणा छ। तर चीनले हतियार बेच्ने र चिनियाँ जल क्षेत्रमा प्रवेश गर्ने उत्तेजक गतिविधि जारी राखेको आरोप लगाएको छ।

चीन–ताइवान विवाद

चीन ताइवानलाई आफ्नो भूमि भएको बताउँछ र जहिल्यै भएता पनि ताइवान चीनमै विलय हुने त्यहाँको राष्ट्रपति सी चिनफिङले बताउँदै आएका छन्। चीनबाट अलग्गिन खोजे ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने चीनको भनाइ छ।

पछिल्लो समय चीनको आक्रामक गतिविधि ताइवानमा थप बढेको देखिएको छ। जसले चीनको ताइवान कब्जा गर्ने दृढता थप मजबुत हुँदै गएको देखाउँछ। तर ताइवानले चीनको नीति त्यहाँ नचल्ने र आफू एक सार्वभौम मूलुक भएको बताउने गर्दछ।

चीनको खतरासँग जुध्नको लागि भन्दै ताइवानले अमेरिकाबाट हतियारहरु खरिद गरिरहेको छ जसले चीनलाई चिढ्याएको छ। चीनले गत वर्षदेखि ताइवानमाथि आफ्नो आक्रामकता बढाएको छ। पछिल्लो समय चीनले दोहोर्‍याउँदै चिनियाँ युद्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेका छन्।

गतवर्ष ताइवान अलगाववादीहरुको खतरा बढेको भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले युद्धको लागि हरेक समय तयार रहन जनमुक्ति सेनाहरुलाई निर्देशन दिएका थिए। ताइवानले चीनको नीति नमान्ने बताइरहँदा चिनियाँ सेनाले टापु कब्जा गर्ने युद्ध कलाको अभ्यास गर्नु साथै लडाकु विमान उसको हवाई क्षेत्रमा पठाउनुलाई ताइवान नियन्त्रणमा लिने योजनाको रुपमा हेरिएको छ।

ताइवान चीनकै हिस्सा थियो। तर सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ। तर पछिल्ला वर्षहरुमा चीनले ताइवान आफ्नो भएको बताउँदै आएको छ। बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिहरु सीमित गर्न खोजिरहेको छ।

बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ। पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ। त्यसकारण हालका वर्षहरूमा सो क्षेत्रमा तनाव बढिरहेको छ। ताइवानले पनि चीनको सम्भावित आक्रमणविरुद्ध युद्ध अभ्यास गरिरहेको छ। मेट्रो को यूके र एजेन्सीको सहयोगमा

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस