शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • “६६ औं प्रहरी दिवस” : चितवनमा प्रहरी र अमर प्रहरीका परिवार सम्मानित
समाचार

“६६ औं प्रहरी दिवस” : चितवनमा प्रहरी र अमर प्रहरीका परिवार सम्मानित

चितवन । चितवनमा “६६ औं प्रहरी दिवस” का अवसरमा प्रहरी र अमर प्रहरीका परिवारलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज (बुधवार) आयोजना गरेको कार्यक्रममा कर्तव्य पालनका क्रममा दिवङ्गत भएका अमर प्रहरीका परिवारलाई सम्मान गरेको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ग र चितवन प्रहरी उपरीक्षक ओम अधिकारिले १८ जना अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

विज्ञापन

सोही कार्यक्रममा उत्कृष्ट कार्य गर्ने २४ जना प्रहरीहरुलाई नगद पुरस्कारले पुरस्कृत गरिएको छ भने विभिन्न अपराधीक घटनामा सहयोग गरेका ९ जना हबल्दार प्रहरिलाई सम्मान गरिएको छ । प्रहरी दिवसकै अवसरमा आयोजित व्याडमिन्टन प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरिएको हो ।

विज्ञापन

दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्रहरीलाई आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्न आग्रह गरिन् । उनले शान्ति सुरक्षालाई चुस्त बनाउन प्रहरी एक्लैले मात्र सम्भव नभएको भन्दै यसका लागि स्थानिय सरकार, प्रदेश सरकार, केन्द्रिय सरकार, नागरिकको पनि उत्तीकै भूमिका रहने बताईन् ।

उनले चितवन जिल्लामा सामाजिक तथा अपराधीक घटनाहरु बढी हुने भएकाले प्रहरीले हिजो भन्दा भोलीका दिनमा सुरक्षा निकायलाई थप बलियो बनाएर काम गर्नु पर्ने बताईन् । प्रहरिलाई आवश्यक पर्दा आपत्ति बिपत्तीमा महानगर साझेदारी गरेर अगाडि बढन तयार रहेको उनले बताइन् ।

त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले प्रहरी नागरिकको सबैभन्दा नजिकको साथी भएको बताए । “हरेक नागरिककको समस्यामा प्रहरीलाईनै गुहार्ने गरिन्छ प्रहरी माथि नागरिकले राखेको भरोसालाई प्रहरीले विश्वास दिन सक्नु पर्छ” उनले भने । केही प्रहरीले कामको शिलशिलामा बदमाशी गर्दा प्रहरी र सरकारको नै विश्वास गुम्ने हुँदा प्रहरिले सबल सक्षम भई काम गर्नुपर्ने उनले बताए । “अपराधको लागि सरकार बलियो हुनुपर्छ सरकार बलियो हुन प्रहरी बलियो हुनुपर्छ” उनले भने ।

प्रहरिले नागरिकको गुनासो पनि सुन्नु पर्ने उनले बताए । यसका लागि नागरिक प्रहरी हातेमालो जरुरी छ ।’ प्रहरी जहिले पनि दोहोरो भूमिकामा रहने हुँदा नागरिकहरुले पनि प्रहरीको बाध्यता बुझ्नुपर्ने बताउँदै सबैको साथ र सहयोगले समाजलाई अपराधमुक्त गर्न सकिने उनले बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ,चित्वन जिल्ला अदालतका न्यायधिस हेमन्त रावल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार ढल्लाकोटी, रत्ननगर नगरपालिकाका प्रमुख नारायण बन, जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु लगाएतको उपस्थिती रहेको थियो ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस