शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एमालेका पूर्वसांसद इच्छाराज तामाङ ४४ करोड ठ’गी आरोपमा प’क्राउ
समाचार

एमालेका पूर्वसांसद इच्छाराज तामाङ ४४ करोड ठ’गी आरोपमा प’क्राउ

नेकपा एमालेका पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ प’क्रा’उ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आ’रोपमा तामाङलाई सोमबार प’क्राउ गरेको हो । तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आ’रोपमा तामाङलाई प’क्राउ गरिएको सिआइबीले जनाएको छ ।

 

विज्ञापन

सिआइबीका डिआइजी धिरजप्रताप सिंहका अनुसार निक्षेपकर्ताको रकम हिनामिना र ठ’गीको आ’रोपमा तामाङलाई सोमबार सुन्धाराबाट प’क्राउ गरिएको हो । सिआइबीका अनुसार हालसम्म ४६ करोडभन्दा बढी रकम ठ’गी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई प’क्राउ गरिएको हो ।

विज्ञापन

को हुन् इच्छाराज तामाङ ?

नेकपा (एमाले) बाट राजनीतिक संरक्षण प्राप्त गरेका तामाङ सिभिल ग्रुपका अध्यक्ष हुन् । उनलाई एमालेले संविधानसभा सदस्य नै बनाएको थियो । संसदको अर्थसमिति सदस्य मनोनित भएका तामाङले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया), २०७२ मा आफ्नो स्वार्थअनुकूलका एक दर्जनबढी संशोधन हालेका थिए । यसरी उनले राजनीतिको आडमा देशको संवेदनशील क्षेत्रको कानून तर्जुमा प्रकृयामै हस्तक्षेप गर्ने हैसियत बनाएका थिए ।

इञ्जिनियरिङ पृष्ठभूमिका तामाङले उनले घरजग्गा कारोबारदेखि पूँजीबजार, बैंक र सहकारीसम्मका क्षेत्रमा हात हालेका थिए । २०५७ सालमा सिभिल क्रेडिट एण्ड सहकारी संस्था खोलेका तामाङको आर्थिक क्षेत्रमा संलग्नता दोस्रो जनआन्दोलनपछि अस्वाभाविक ढंगले बढेको थियो ।

सिभिल ग्रुपभित्र विभिन्न ९ वटा कम्पनी छन् । सिभिल होम, सिभिल अपार्टमेन्ट, सिभिल क्यापिटल मार्केट, सिभिल बैंक, सिभिल इस्टेट, सिभिल इन्टरनेशनल कन्सल्ट्यान्ट, सिभिल ट्रेडिङ, सिभिल बिजनेश कम्प्लेक्स र सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी लिमिटेड इच्छाराज तामाङकै नेतृत्वमा छ ।

व्यापारिक साम्राज्य विस्तार गर्न खोजेका तामाङ अधिकतर समय वि’वादित रहे । तर, राजनीतिक आड र दबाबमा जोगिइरहे । सिभिल ग्रुपका विभिन्न संस्था र कम्पनीमा बचत रकम जम्मा गरेका ३२ सय सर्वसाधारणको ७ अर्ब रुपैयाँभन्दा बढी रकम डुबाएर उनी फरार रहेका थिए । उनले सबैभन्दा धेरै ठगी सिभिल सहकारीबाटै गरेका थिए । राजनीतिक आडभरोसाकै कारण उनीविरुद्ध केन्द्रदेखि प्रदेश सरकारसम्मले बचतकर्ताको हितमा कदम चालेको थिएन । नियामक सरकारी निकाय पनि मौन थियो ।

उनले सिभिल ग्रुपअन्तर्गतकै सिभिल होम्स प्रालिलाई सहकारीमार्फत ८ अर्ब १ करोड ३७ लाख ११ हजार २११ रुपैयाँ ३७ पैसाभन्दा बढी रकम प्रवाह गरेका थिए । सहकारीका बचतकर्तालाई उनले बाउन्स चेक दिँदै झुलाउने गरेका थिए ।

उनले सिभिल सहकारीको अध्यक्षमा मामाससुरा केशवलाल श्रेष्ठलाई नियुक्त गर्न सफल भएका थिए । सिभिल ग्रुपको नेतृत्वमा आफू र आफन्तको जालो फैलाएका उनले ललितपुरको सुनाकोठीमा सिभिल होम्स–३ बनाउने भन्दै रकम अ’सुलेका थिए । तर, उपभोक्तालाई रितपूर्वक परियोजना हस्तान्तरण नै गरेका थिएनन् । उल्टै, संरचनामा ताला लगाउने र दुःख दिने गरेका थिए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७६ माघ ९ गते तामाङको सम्पत्ति रोक्का गरेको थियो । उनको धेरै सम्पत्तिको स्रोत खुल्ने आधार नै भेटिएको थिएन । विभिन्न २४ वटा कम्पनीमा तामाङको संलग्नता भेटिएको थियो ।

सिभिल सहकारी संस्थाको ऋण विवादमा परेको मुद्दामा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनबाट आफ्नो पक्षमा फैसला गराउन पनि तामाङले निकै चलखेल गरेका थिए । शेयर सदस्यले हालेको मुद्दा असफल बनाउन तामाङ आफैँ फुटकर निवेदन लिएर पुगेका थिए भने मामाससुरा श्रेष्ठलाई पनि मुद्दा हाल्न लगाएका थिए ।

उम्कन नसक्ने स्थिति बनेपछि उनले आफ्ना केही सम्पत्ति बेचेर ऋण तिरेका थिए । तर, धेरै बचतकर्तालाई उनले बिल्लिबाठ नै पारेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस