शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • साफ च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित, श्रीलंका ३–२ ले पराजित
समाचार

साफ च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित, श्रीलंका ३–२ ले पराजित

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले लगातार दोस्रोपटक जित हासिल गरेको छ।

माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा सोमबार राति भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रलंकालाई ३–२ गोल अन्तरले हराएको हो।

विज्ञापन

सुरुमा खेलको ३१औं मिनेटमा गोल गर्दै सुमन लामाले नेपाललाई अग्रता दिलाएका थिए। त्यसपछि ५१औं मिनेटमा अञ्जन विष्टले अर्काे गोल थपे। खेलको ५७औं मिनेटमा भने श्रीलंकाका माभिन हमिल्टनले नेपालविरुद्ध एक गरे। जसले गर्दा खेल २–१ को अवस्थामा पुगेको थियो।

विज्ञापन

तर आयुष घलानले ८५औं मिनेटमा अर्काे गोल थपेपछि भने नेपाल ३-२ गाेलअन्तरमा विजयी भएको हो।

यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० ले जितेको थियो।

दाेस्राे जितसँगै २ खेलमा ६ अंक जोड्दै नेपाल शीर्ष स्थानमा उक्लिएको छ।

अहिजे जारी साफ च्याम्पियनसिपमा श्रीलंकाको भने यो दोस्रो हार हो। पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १–० ले हारेको थियो।

सन् १९८४ देखि यता श्रीलंकाविरुद्ध नेपालको यो चौथो जित हो। यस अवधिमा भएका १७ खेलमा यसअघि नेपालले श्रीलंकालाई तीनपटक मात्र हराएको थियो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस