शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • अखिल (क्रान्तिकारी) को महासचिवमा दीपेश पुन चयन
समाचार

अखिल (क्रान्तिकारी) को महासचिवमा दीपेश पुन चयन

काठमाडौं। अखिल (क्रान्तिकारी) को महासचिवमा उपाध्यक्ष दीपेश पुन चयन भएका छन्। २२ औं महाधिवेशनबाट अध्यक्षमा पञ्चा सिंहलाई चयन गरेको क्रान्तिकारीले पुनलाई महासचिव बनाउने प्रस्ताव पारित गरेको हो। पुन यो कार्यकालमा उपाध्यक्ष थिए।

पुनलाई महासचिव बनाउने गरी अध्यक्षको दौडमा रहेका विजय गौतम, सुरेन्द्र बस्नेत, दीपक देवकोटा, उत्तम अधिकारी र तिलक भण्डारीलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य मनोनित गरिएको छ।

विज्ञापन

यसअघि अध्यक्षमा पञ्चा सिंह चयन भइसकेकी छन्। क्रान्तिकारीको २२औं सम्मेलनको सोमबार समापन हुँदैछ। अध्यक्षमा सिंह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सिफारिसमा नियुक्त भएकी थिइन् भने अन्य पदहरूमा विद्यार्थी फ्याक्सन ईञ्चार्ज हितमान शाक्य, निवर्तमान अध्यक्ष रञ्जित तामाङ लगायतले टुंग्याएका थिए।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस