On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चितवनमा आजदेखि दशैँ र तिहारका लागि नयाँ नोट वितरण, बैंकमा सर्वसाधारणको भिड
समाचार

चितवनमा आजदेखि दशैँ र तिहारका लागि नयाँ नोट वितरण, बैंकमा सर्वसाधारणको भिड

चितवन । चितवनमा वडा दशैँ र तिहारका लागि आजदेखि नयाँ नोट वितरण सुरु भएको छ । भरतपुर महानगरपालिका १० चौविसकोठीस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखासँगै जिल्लाकै अन्य शाखाले पनि आजैदेखि नोट सटहीको सुरु गरेको हो ।

नयाँ नोट वितरणको काम सुरु भएसँगै बैंकमा साट्नेको थामिनसक्नु भिड लागेको छ । राष्ट्र बैंकले वाणिज्यको भरतपुर शाखामा नयाँ नोट सटहीका लागि आवश्यक भन्दा पनि कम रकम पठाएका कारण नयाँ नोट सटहीमा ढिलाई भएको बैंकका शाखा प्रमुख सन्तोष सोतीले जानकारी दिएका छन् ।

विज्ञापन

बैंकको भरतपुर शाखामा करिब तीन करोड रुपैयाँ बराबरको मात्रै नयाँ नोट आएको छ । बैंकमा माग अनुसार नयाँ नोट नहुँदा सबैलाई पुर्‍याउनै नसकिने अवस्था रहेको समेत सोतीले बताए ।

विज्ञापन

चितवनमा आजदेखि २० गतेसम्म गरी तीन दिन मात्रै नयाँ नोट सटही हुनेछ । वाणिज्य बैंकको चौबिसकोठी शाखाबाट आज पहिलो दिन दुई सय ५० जनालाई मात्र नोट वितरण गरिनेछ ।

बैंकमा बिहानैदेखि सर्वसाधारणको भिड लागेको छ । बैंकले हाल दुई वटा काउण्टरबाट नयाँ नोट साट्ने व्यवस्था गरिएकोे छ । बैंकमा जेष्ठ नागरिक, अपाङग भएका व्यक्तिहरुको लागि भने छुट्टै लाइन व्यवस्थापन गर्न सकेको छैन् ।

बैंकमा नयाँ नोट सटहीमा मात्रै नभएर नियमित कारोबारमा पनि घण्टौँसम्म लाईन बस्नपर्ने तथा लाइनमा अव्यवस्थित भिडभाड हुने गरेको छ । चितवनको माडीदेखि नयाँ नोट साट्न आएका ७० वर्षीय तुलसी प्रसाद दवाडी बिहान १० बजेदेखि लाइनमा बसेको बताउछन् । बिहान हतार गर्दै बैंक पुगेका दवाडी टोकन पाउनै पनि समस्या भएको बताउछन् ।

उनी भन्छन्,”बिहान नौ बजेदेखि आएको टोकन पाउनै मुस्किल । १२ बजे बल्ल टोकन पाएँ । त्यही पनि एक जना नानीले दया लागेर मलाई आफ्नो टोकन दिनुभयो । जेष्ठ नागरीकलाई सहज वातावरण नबनाईदिँदा समस्या भयो । टोकन त पाइहाले अब नोट साट्न अझै कति समय कुर्नुपर्ने हो थाहा छैन ।”

भरतपु्र महानगरपालिका ८ गौरीगञ्जका एक वृद्ध टोकनका लागि दुई घण्टादेखि लागि लाइनमा बसिरहेको बताउँछन् । उनी भन्छन,”पहिले नै आएकाहरुले टोकन पाइसकेछन् । डेढ सय टोकन वितरण भइसकेछन् । जम्मा २५० टोकन दिने भन्ने सुनेको छु । अब हामीलाई मिल्ने हो कि होइन ? कतिखेर मिल्छ ? भन्ने थाहा छैन् ।”

उनी अघि भन्छन्, “दुई घण्टादेखि लाइनमा बसेको छु । पानी प्यास लाग्दा पनि कसैले पालो उछिन्छ कि भनेर पानी पिउन जान सकेको छैन् । पैसा पाए त तातो घामले खाए पनि रमाएरै जान हुन्थ्यो । पैसा नपाए दुख मात्रै हुने हो । हामिले पाउँछौँ या पाउँदैनौ निश्चित नै भएन । टोकन सम्म पाएको भए पैसा पाइन्छ कि भन्ने आशा हुन्थ्यो ।”

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस