शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुर अस्पताल सुधारमा नयाँ प्रयास शुरु, अब जनरल ओपिडी सेवा सुचारु हुने
समाचार

भरतपुर अस्पताल सुधारमा नयाँ प्रयास शुरु, अब जनरल ओपिडी सेवा सुचारु हुने

चितवन । बिरामीको अत्यधिक भीड हुने भरतपुर अस्पतालको बहिरंंग (ओपिडी) सेवामा जनरल ओपिडी (जीओपिडी) सेवा पनि थपिने भएको छ । असोज १८ गते सोमबारबाट जनरल ओपिडी सेवा आरम्भ गर्न लागिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
“बिरामीको चाप अत्यधिक भएकाले व्यवस्थापन गर्न गाह्रो भएको छ”, डा. पौडेलले भने, “सबै बिरामीलाई विशेषज्ञ चिकित्सक नै भेट्नुपर्ने नहुन पनि सक्छ, उनीहरूले जिओपिडी सेवा लिन सक्नेछन् ।”

जिओपिडी बिहान साढे ८ बजे नै सुरु हुनेछ भने दिउँसो ३ बजेसम्म चल्नेछ । त्यसमा ३ जना मेडिकल अफिसर हुनेछन् । टिकट शुल्क अन्य ओपिडी जस्तै प्रतिबिरामी ३० रुपैयाँ नै लाग्नेछ । “जनरल ओपिडीका चिकित्सकले बिरामीको अवस्था जाँच गर्छन”, सुपरिटेन्डेन्ट डा. पौडेलले भने, “त्यसपछि विशेषज्ञ चिकित्सकलाई भेट्नुपर्ने भए पठाउने छन्, सामान्यावस्था भए त्यहीँबाट फर्किन्छन् ।”

विज्ञापन

हाल भरतपुर अस्पतालमा विशेषज्ञ चिकित्सकको १३ ओपिडी चल्छन् । यहाँको ओपिडीबाट दैनिक १ हजार ७ सय जनासम्मले सेवा लिएको रेकर्ड छ । केन्द्रीय अस्पतालको मान्यता पाएको भरतपुर अस्पतालले मध्य नेपालका दर्जन बढी जिल्लाका बिरामीलाई सेवा दिनुपरिरहेको छ । जसले गर्दा ओपिडीमा थामिनसक्नु भीड देखिन्छ । पहिले यहाँको ओपिडी सेवा १० बजेबाट सुरु हुन्थ्यो । असोज १ गतेबाट बिहान ९ बजे नै तानिएको छ ।
डा. भोजराज अधिकारी भरतपुर अस्पताल समितिको अध्यक्ष भएर आएसगैँ सगैँ अस्पतालको सुधारका लागि प्रयास भइरहेको छ । विरामीहरुलाई सहज उपचारका लागि भौतिक संरचना थप सहित विभिन्न कार्यक्रमहरु समेत आयोजना गर्दै आएका छन् । जसले गर्दा विरामीहरुले सहज रुपमा उपचार सेवा पाएका छन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस