शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनबाट नेतृ झाक्रीको गर्जन : केपी ओली नक्कली र विषाक्त ब्राण्ड हुन्, धेरै समय टिक्दैन
समाचार

चितवनबाट नेतृ झाक्रीको गर्जन : केपी ओली नक्कली र विषाक्त ब्राण्ड हुन्, धेरै समय टिक्दैन

चितवन।

नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाक्रीले तत्काल कुनै पार्टीसंग एकता नहुने बताएकी छन् ।

विज्ञापन

चितवनको रत्ननगरमा आज (आइतबार) आयोजित रत्ननगर कमिटी घोषणा सभालाई सम्बोधन गर्दै नेतृ झाक्रीले बामहरुबीच छुट्टै ध्रुविकरणको आवश्यकता रहेको बताउँदै तत्कालै एमाले वा माओवादीसंग भने पार्टी एकता संभव नभएको बताइन् ।

विज्ञापन

उनले बाम ध्रविकरणका लागि सैद्धान्तिक अवधारणा र लोकतान्त्रिक प्रगतिशिल शक्तिहरुबीचको आगामि दिनको संयुक्त मोर्चा बारेमा ठोस निर्णय पार्टीको राष्ट्रिय सम्मेलन मार्फत टुंगो लगाउनुपर्ने जोड दिइन् ।

एमाले भित्र रहँदादेखि नै केपी ओलीको कट्टु आलोचक रहेकी नेतृ झाक्रीले कार्यक्रममा पुरै केपी ओलीविरुद्ध खनिइन् । केपी ओलीलाई ब्राण्डको रुपमा प्रस्तुत गर्न खोजिएको भन्दै उनले त्यो नक्कली र विषाक्त ब्राण्ड हुने बताइन् ।

उनले केपी ओलीको ठूलाठूला व्यानर, मोजा, टिसर्ट, पानीका बोत्तल, ट्वाइलेट पेपरमा समेत फोटो टाँसेर ब्राण्ड बनाउन खोजेको भन्दै त्यो भ्रष्टचारको उदाहरण भएको आरोप लगाइन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस