शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एमाले पार्टी होइन, ओली रूचाउनेहरूको झुन्ड हो : बेदुराम भुसाल
समाचार

एमाले पार्टी होइन, ओली रूचाउनेहरूको झुन्ड हो : बेदुराम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले नेकपा एमालेको विधान महाधिवेशनमा वितरण गरिएको पानीखाने बोटलमा समेत एमाले अध्यक्ष केपी शर्मा ओेलीको फोटो टाँसिएको प्रति टिप्पणी गरेका छन् ।

महासचिव भुसालले बोटलमा पनि फोटो टाँस्नु कम्युनिस्ट मर्ममाथि प्रहार गरेको र सो कामले मार्क्सवादको समेत ठाडो उलंग्घन भएको बताएका छन् ।

विज्ञापन

नेकपा (एस) को भक्तपुर जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै उनले नेकपा एमाले पार्टी नभएर ओली गुटमात्र भएको टिप्पणीसमेत गरेका छन् ।

विज्ञापन

उनले केपी ओेलीले पार्टी कार्यकर्ताको विचारलाई सम्वोधन नगरी एमालेले अंगिकार गरेको जबजको समेत धज्जी उडाउने काम गरेको बताउँदै ओेलीलाई देवत्वकरण गरिएकोमा समेत आपत्ति जनाए ।

महासचिव भुसालले नीतिअनुसार नेता चल्नु पर्नेमा नेकपा एमालेमा नेतावादी नीति मौलाउँदै गएको चर्चा गर्दै एमाले ओेली रूचाउनेहरूको झुन्डमात्र भएको टिप्पणी गरे ।

अधिकांश समय ओलीले गरेका गल्तीहरुमा केन्द्रीत रहेका महासचिव भुसालले नेपालमा कम्युनिष्ट आन्दोलन जोगाउनका लागि केपी ओेली प्रवृत्तिको अन्त्यको आवश्यकता रहेको त्यसैको लागि बिद्रोह गरेको जानकारी दिए ।

भुसालले पार्टीको प्रशिक्षण शैलीमा सुधार गर्नुपर्ने जनाउँदै आफ्नो पार्टीले निकट समयमै पार्टी स्कुल सञ्चालन गर्ने जानकारी दिए ।

त्यस्तप्रतिनिधिसभा विघटन गरी जनताको सार्वभौमसत्तामाथि हमला गरेको उल्लेख गर्दै ओलीले सिद्धान्तलाई समेत व्यवहारमा नउतारेको भुसालले आरोप लगाए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस