शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • बागमती ८ मा सिङ्गो गाउँ नै माओवादीमा प्रवेश
समाचार

बागमती ८ मा सिङ्गो गाउँ नै माओवादीमा प्रवेश

मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ८ स्थित माथिल्लो साततले गाउँ नै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । पार्टी वडा अध्यक्ष पुर्णसिं थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँमा रहेका ३५ घरका एकसय पाँच जना माओवादीमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमासिं पाख्रिनले बताउनुभयो ।

राप्रपा र काँग्रेसमा आबद्धहरु पनि माओवादीमा प्रवेश गरेको पाख्रिनले बताउनुभो । अन्य पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्नेहरुमा जित बहादुर नेगी, छेवाङ स्याङ्तान, सन्तबिर थिङ, अस्मिता सिंन्तान, सुनुमाया नेगी, हस्तबहादुर घिसिङ, गंगालाल पाख्रिन, दल बहादुर घलान, सुनिता लोप्चन, राजन गोले, अदिमाया नेगी लगायत रहेका छन् ।

विज्ञापन

नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटि सदस्य सर्केश घलानले उनीहरुलाई टिका र खादा लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेश वाइसिएल कमिटि सदस्य विष्णु नेगी, जिल्ला वाइसिएल कमिटि सदस्य टिकालाल श्रेष्ठ, बागमती गाउँपालिका पार्टी कमिटि सदस्य लालसिं तामाङ, वडा कमिटि सल्लाहकार मान बहादुर नेगी लगायतको आतिथ्यता रहेको थियो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस