शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एमालेले लागू गरेन १० बुँदे सहमति, बागमतीमा बादल नै इन्चार्ज
समाचार

एमालेले लागू गरेन १० बुँदे सहमति, बागमतीमा बादल नै इन्चार्ज

नेकपा एमालेले १० बुँदे सहमतिविपरीत बागमती प्रदेश कमिटीलाई पूर्णता दिएको छ।

बिहीबार ४ सय ७७ सदस्यीय बागमती प्रदेश कमिटी सदस्य घोषणा गर्दा एमालेले इन्चार्जमा माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई नै निरन्तरता दिएको हो।

विज्ञापन

एमालेको सांगठनिक संरचना २०७५ जेठ २ गतेअनुसार कायम गर्ने हो भने हाल मुख्यमन्त्री रहेकी अष्टलक्ष्मी शाक्य इन्चार्ज हुनुपर्थ्येा।

विज्ञापन

शाक्यको वरीयता भने बादलको भन्दा माथि राखिएको छ। सह–इन्चार्जमा काशिनाथ अधिकारी, अरुण नेपाल, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ र डोरमणी पौडेल छन्।

प्रदेश कमिटीमा अध्यक्ष आनन्द पोखरेल तथा सचिव खेम लोहनी छन्। प्रदेश कमिटिमा रहेका ४ सय ७७ जना नै आज सुरु हुने विधान महाधिवेशनका प्रतिनिधि हुने निर्णय एमाले केन्द्रीय कमिटीले गरेको छ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस