शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • अहिलेको निर्वाचन प्रणाली महंगो भयो, पूर्ण समानुपातिकमा जाऊँ : प्रचण्ड
समाचार

अहिलेको निर्वाचन प्रणाली महंगो भयो, पूर्ण समानुपातिकमा जाऊँ : प्रचण्ड

काठमाडौं  ।

 

विज्ञापन

 

विज्ञापन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटनका पछाडि माओवादीले ल्याएको परिवर्तन उल्ट्याउने षड्यन्त्र भएको बताएका छन्।

माओवादीलाई घेरा हाल्ने र सिद्धयाउने रणनीतिअनुसार नै प्रतिनिधिसभा विघटन गरिएको उनले बताए।

माओवादी रहँदासम्म परिवर्तनका एजेण्डा कायमै रहने भयका कारण प्रतिनिधिसभा विघटन गरिए पनि आफूहरुले त्यसलाई परास्त गरेको उनले उल्लेख गरे।

क्रान्ति नछाड्ने सङ्कल्पसहित आफूहरु आन्दोलनमा उत्रिएकाले प्रतिगमन परास्त भएको उनले उल्लेख गरे। अध्यक्ष दाहालले संविधान विरोधी गतिविधि परास्त भएको उल्लेख गरे।

पार्टीसम्बद्ध अखिल (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलनमा उनले आफूसमेत मिलेर गठन गरेको पार्टी गलत दिशामा गएर जनताका अधिकार उल्ट्याउन खोजिएकाले प्रतिवाद गरेको बताए।

माओवादी पनि अन्य राजनीतिक दल जस्तै हुने चिन्ता भएको बताउँदै दाहालले आफूले जो जसलाई मन्त्री बनाए पनि गलत बाटोमा लाग्नु जस्तो विचित्र अरु केही नभएको बताए।

विगतमा सङ्घर्षका लागि अग्रमोर्चामा जाने प्रतिस्पर्धा हुने गरे पनि अहिले मन्त्री पाइएन, पद पाइएन भनेर रुवाबासी गर्ने प्रतिस्पर्धा चलेकामा उनले गुनासो गरे।

अध्यक्ष दाहालले अहिलेको गलत निर्वाचन प्रणालीका कारण जनताका प्रतिनिधिले कहिल्यै निर्वाचन जित्न नसक्ने अवस्था आएको बताए।

उनले यसको परिवर्तन जरुरी भएको उल्लेख गरे। ‘अब पूर्ण समानुपातिक निर्वाचन प्रणाली जरुरी छ’, दाहालले भने, ‘त्यसका पक्षमा हामी लाग्नेबित्तिकै गलत प्रणाली उल्ट्याउन सकिन्छ।’

अहिले देखिएको विकृति र विसङ्गतिका विरुद्ध सङ्घर्ष गर्ने प्रणालीको विकास युवा तथा विद्यार्थीले नै गर्नुपर्ने उल्लेख गर्दै उनले सबैले त्याग गर्दा मात्रै देशमा जनताले खोजेको जस्तो परिवर्तनको अनुभव गर्न सकिने स्थानमा पुर्‍याउन सकिने बताए।

पार्टीलाई नयाँ आधारमा अगाडि बनाउने नीति तथा कार्यक्रमसहित आउने र सबैलाई समेटेर लैजाने सङ्कल्पका साथ आउनेलाई पार्टी जिम्मा लगाएर आफू जान तयार रहेको अध्यक्ष दाहालले बताए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस