शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • सर्वेन्द्र खनाल र बादलविरुद्ध जाहेरी दर्ता गर्न सर्वोच्च अदालतको आदेश
समाचार

सर्वेन्द्र खनाल र बादलविरुद्ध जाहेरी दर्ता गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं  ।

 

विज्ञापन

 

विज्ञापन

एक व्यक्तिको इन्काउन्टर घटनामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलको इन्का’न्टर प्रकरणमा यस्तो आदेश भएको हो ।

 

‘इन्का’उन्टर’मा मारिएका पौडेलकी आमा दुर्गादेवी पौडेलले दिएको जाहेरी प्रहरीले दर्ता गर्न मानेको थिएन । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमा सुनुवाइपछि सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले उक्त आदेश दिएको हो । ५ असार २०७६ मा पौडेलको प्रहरी गोलीबाट मृ’त्यु भएको थियो । राष्ट्रिय मानव अधिकार आयोगले प्रहरीबाट उनको हत्या भएको निष्कर्ष निकालिसकेको छ । जसमा संलग्न इन्सपेक्टर केडी साह लगायतलाई प’क्राउ गरेर मु’द्दा चलाउन आयोगले सिफारिस गरेपनि प्रहरीले अस्वीकार गर्दै आएको छ ।

 

 

अब सर्वाेच्चको आदेशसँगै यससम्बन्धि मुद्दा नयाँ चरणमा पुगेको छ । तत्कालिन प्रहरी प्रमुख खनालकै निर्देशनमा सो इन्का’उन्टर भएको थियो । जसको जिल्लाको प्रहरीलाई समेत जानकारी नदिई खनालको निर्देशनमा हेडक्वार्टरबाट खटिएका प्रहरीले गोली हानेका थिए । सो घटनामा खनाललाई समेत कारबाहीको सिफारिस मानव अधिकार आयोगले गरिसकेको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस