शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • गाउँगाँउमा केपी आतंक छ,आफ्नैले प्रचण्ड केही गर्दैन भन्दै हिँडे : प्रचण्ड
समाचार

गाउँगाँउमा केपी आतंक छ,आफ्नैले प्रचण्ड केही गर्दैन भन्दै हिँडे : प्रचण्ड

काठमाडौं।

 

विज्ञापन

 

विज्ञापन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा केपी ओली आतङ्क बढेको बताएका छन् । नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठन अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै उनले देशमा ओली, कमल थापा जस्ता नेताले जनतामा आतङ्क फैलाएको टिप्पणी गरे ।

 

माओवादी र वाईसीएलको आतङ्क छ भन्ने भ्रम अन्त्य भएको भन्दै उनले माओवादी नभए देश र जनताको अस्तित्व नै संकटमा पर्ने दाबी गरे । गएको वर्ष संसद् विघटन गर्दा माओवादी सिध्याए भनेर भ्रम फैलाएको उनको आरोप छ ।

आफ्नै साथीहरूले प्रचण्डबाट पार लाग्दैन केही हुँदैन भनेर पछाडी पछाडी कुरा गर्दै हिडेको उनको आरोप थियो । “अगाडि भेट्दा तपाईं नै हो भन्छन्, पछाडि प्रचण्डले केही गरेन केही गर्न सकेन भनेर आफ्नै साथीहरू सिध्याउन लागे,” उनले भने । सबैलाई समेटेर लाने कोही भए आफू किताब लेखेर आन्नदले बस्ने प्रचण्डको भनाइ थियो । तर, त्यस्तो नेता नभेटेको उनले बताए ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस