शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • कम्युनिस्ट पार्टीबीच एकता गरि माओवादी बलियो पार्टी बन्छ : प्रचण्ड
समाचार

कम्युनिस्ट पार्टीबीच एकता गरि माओवादी बलियो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं।

 

विज्ञापन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा जस्तै अझै पनि आफूहरूलाई घेरा हाल्ने काम भइरहेको बताएका छन्। पार्टीको प्रवास समन्वय समितिको भर्चुअल बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिले पार्टी र नेतृत्वलाई घेरा हाल्ने, अपमान गर्ने र एक्लाउने षड्यन्त्र विरुद्धको ब्याटल जितिएको बताए। उनले युद्ध जित्न भने बाँकी रहेको बताए।

विज्ञापन

 

प्रचण्डले जनयुद्ध र जनआन्दोलनका उपलब्धि उल्ट्याउन खोज्नेविरुद्ध आफूहरूले जितेको बताए। ‘हामीले प्रतिगामीविरुद्धको लडाइँ जितेका छौं, त्यो पनि एउटा जनयुद्ध नै हो,’ उनले भने, ‘हामी पराजित भएको भए गणतन्त्र नै उल्ट्याउने काम हुन्थ्यो। भिन्न रूपको जनयुद्ध नै हामीले जितेका थियौं।’ प्रचण्डले कसैले पनि पार्टीलाई निजी स्वार्थपूर्तिको भाँडो बनाउन नहुने बिचार व्यक्त गरे।

 

‘अब हामी क-कसले कहाँ-कहाँ गल्ती गर्‍यौ आत्मसमीक्षा गर्दै अघि बढौं,’ उनले भने। माओवादी केन्द्रलाई अब बलियो पार्टी बनाउने विश्वास पनि उनले दिलाए। प्रचण्डले कम्युनिस्ट पार्टीहरूबीच एकता र ध्रुवीकरणको पहल सुरु जानकारी पनि दिए। त्यसका लागि माधव नेपाल, मोहन वैद्य, बाबुराम भट्टराई, उपेन्द्र यादव र विप्लव लगायतका नेताहरूसँग संवाद चलेको उनले बताए।

 

पार्टी विभाजन, वर्तमान राजनीतिक परिस्थिति, एमसीसी विवाद र एनआरएनए चुनाव सम्बन्धमा पार्टीका धारणाहरू राख्दै उनले भने, ‘हामी अहिले राष्ट्रिय एकता कायम राख्दै समाजवाद उन्मुख संविधानको रक्षामा खटिएका छौं, हामीबीच एकता नहुँदा पछिल्ला राजनीतिक उपलब्धि र सिंगो देश नै खतरामा पर्ने देखिन्छ।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस