शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • देउवालाई एमालेको जवाफ : माधव नेपाल सहभागी हुने सर्वदलीय बैठकमा हामी आउँदैनौं
समाचार

देउवालाई एमालेको जवाफ : माधव नेपाल सहभागी हुने सर्वदलीय बैठकमा हामी आउँदैनौं

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज बिहीबार बस्न लागेको सर्वदलीय बैठक नेकपा एमालेले बहिष्कार गरेको छ।

आफूले अवैधानिक भनेको माधव नेपालसहित १४ जना सांसद तथा उनीहरूको पार्टी नेकपा एकीकृत समाजवादी सहभागी हुने भएकाले त्यस बैठकमा एमाले सहभागी नहुने एमाले स्रोतले जानकारी दियो।

विज्ञापन

विज्ञापन

‘माधव नेपालसहित १४ जना सांसद अनधिृकत हुन्, तिनले गठन गरेकाे नेकपा एकीकृत समाजवादी अवैधानिक हो, अदालतमा मुद्दा परेको छ, त्यस्ता सांसद तथा पार्टी सहभागी हुने सर्वदलीय बैठकमा हामी आउँदैनौं भनेर प्रधानमन्त्रीलाई जवाफ दिइसकेका छौं,’ एमालेको उच्च स्रोतले भन्यो।

प्रधानमन्त्री देउवाको आह्वानमा अहिले १० बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै छ। बैठकमा सहभागिताका लागि संसदमा प्रतिनिधित्व गरिरहेका सबै दललाई बाेलाइएकाे छ।

गत वैशाखमा आफ्नै पार्टीका अध्यक्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदा मत नदिएको भन्दै एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ। र, त्यसअनुसार उनीहरूलाई सांसद पदबाट बर्खास्त गर्न पठाइएको पत्रअनुसार सभामुख अग्नि सापकोटाले कारबाहीको सूचना टाँस नगरेको भन्दै एमाले रुष्ट छ। यसैको विरोधमा उसले निरन्तर संसद् अवरुद्ध गरिरहेको छ।

यही गतिरोध हटाउने विषयमा प्रधानमन्त्री देउवाले आज सर्वदलीय बैठक आयोजना गरेका हुन्।

तर तिनै सांसदले गठन गरेको ‘अवैधानिक’ पार्टी नेकपा एकीकृत समाजवादीसमेत त्यसमा सहभागी हुने भएकाले आफू आउन नसक्ने भनेर एमालेले जानकारी गराइसकेको एमाले उच्च स्रोतले बताएको हो।

आफूले हटाइसकेका १४ सांसदलाई बर्खास्त नगरेको भनेर सभामुख सापकोटा तथा तिनै सांसदको हस्ताक्षरलाई मान्यता दिएर नेकपा एकीकृत समाजवादी दर्ता गरेको भनेर निर्वाचन आयोगविरुद्ध एमालेले सर्वाेच्च अदालतमा मुद्दा हालेको छ। अदालतले यसमा अन्तरिम आदेश दिन अस्वीकार गरे पनि मुद्दाको अन्तिम किनारा लाग्न बाँकी छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस