शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • अबको चुनावमा एमाले पार्टी पत्तासाफ हुन्छ : मेटमणि चौधरी
समाचार

अबको चुनावमा एमाले पार्टी पत्तासाफ हुन्छ : मेटमणि चौधरी

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता मेटमणि चौधरीले अबको चुनाव एमाले अध्यक्ष केपी ओलीले हार्ने र एमाले पार्टी नै पत्तासाफ हुने दाबी गरेका छन् ।

विज्ञापन

 

विज्ञापन

 

‘अबको चुनावमा केपी ओलीले नेतृत्व गरेको पार्टीका सांसदले एउटा पनि चुनाव क्षेत्र चित्न सक्दैनन्’, चौधरीले भने, ‘ओलीको लोकप्रियता शून्यमा झरेको छ । अबको चुनावमा ओली आफै चुनाव हार्छन् ।’

 

उनले दुई तिहाई दिँदा ओलीले केही गर्न नसकेकाले चुनावमा ओलीको हैसियत शून्य हुने दाबी गरेका हुन् ।

 

‘केपी ओलीले १६५ निर्वाचन क्षेत्रमध्ये एक सिट पनि जित्न सक्दैनन्’, चौधरी भन्छन्, ‘यसको उत्तर हिसाबकिताब गरेर म दिन सक्छु।’

 

नेता चौधरीले चुनावसम्ममा भीम रावल एकीकृत समाजवादीमा नआए उनले समेत हार्ने बताए । ‘भीम रावलको त कुरै छोड्नुहोस्’, चौधरीले भने, ‘चुनाव अगाडि भीम रावल यता ९एकीकृत समाजवादी०मा आइसक्नुहुन्छ । यता आए जित्नुहुन्छ, नआए चुनाव हार्नुहुन्छ ।’

 

संविधान नमान्ने, प्रणाली भन्दा माथि राख्न खोज्नेलाई चुनावबाट हराउनुपर्ने उनले बताए । आफूलाई संविधानमाथि छु भन्ने व्यक्ति चुनावमा पत्तासाफ हुने उनको भनाइ छ । चुनावपछि केपी ओली एकादेशको कथा हुने दाबीसमेत चौधरीले गरेका छन् ।

 

एमाले अध्यक्षको हैसियतमा टिकट बाँडेको आधारमा केही सांसदले अहिले साथ दिएको तर अबको चुनावमा जनता कसको पक्षमा छन् भन्ने कुरा प्रष्ट हुने उनले बताए ।

 

‘चुनावपछि केपी ओली एकादेशको कथा बन्नुहुन्छ । अहिलेसम्म अध्यक्ष भएर टिकट बाँडेको आधारमा उहाँको साथमा सांसद छन्’, चौधरीले भने, ‘जनता कति छन् भन्ने कुरा अबको चुनावमा थाहा हुन्छ ।’

नेता चौधरीले जनता मनोवैज्ञानिक रुपमै ओलीको पक्षमा नभएको प्रष्ट पारेका छन् । ‘मनोवैज्ञानिक आधारमा जनता केपी ओलीको पक्षमा छैनन्’, चौधरीले भने ।

 

उनले संविधान र कानुन ठूलो कुरा भएकाले कसैका गफले केही नहुने बताए । ओलीका समर्थकलाई उनका सन्तानको संज्ञा दिँदै चौधरीले तिनका गफले केही नहुने बताए । ‘प्रणाली, संविधान ठूलो कुरा हो । आज ओलीका सन्तानले गफ दिएर हुन्छ रु’, उनले थपे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस