शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • भीम रावल भन्छन् : १० बुँदे धेरै ठाउँमा कार्यान्वयन भइसक्यो, बाँकी हामी मिलाउँछौं
समाचार

भीम रावल भन्छन् : १० बुँदे धेरै ठाउँमा कार्यान्वयन भइसक्यो, बाँकी हामी मिलाउँछौं

नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले असार २७ मा भएको १० बुँदे सहमति धेरै ठाउँमा कार्यान्वयन भइसकेको बताएका छन्।

१० बुँदे सहमति कार्यान्वयन, एमाले केन्द्रीय सदस्यमा नयाँ मनोनयन र विधान महाधिवेशनका क्रममा आउने समस्या समाधानका लागि बनाइएको कार्यदल संयोजक रावलले अब विस्तारै सबै मिल्दै जाने बताए।

विज्ञापन

‘आजको बैठकमा हामीले १० बुँदे सहमति कार्यान्वय र विधान महाधिवेशनबारे छलफल गरेका छौँ’, रावलले एमाले केन्द्रीय कार्यालय थापाथली हाइटमा बसेको कार्यदल बैठकपछि भने, ‘त्यसका लागि उपयुक्त विधि र संरचनागत समाधानका समाधानका उपाय पनि खोजिएको छ।’

विज्ञापन

रावलले समस्या देखिएका ठाउँमा समाधान गर्दै जाने पनि बताएका छन्। ‘जहाँ जहाँ समस्या छन् त्यही अनुसार समाधान गर्छौँ’, उनले भने, ‘नीतिगत व्यवस्था गरेर हामी मिलाउँछौँ।’

उनले १० बुँदे धेरै ठाउँमा कार्यान्वयन भएको दोहोर्‍याए। ‘१० बुँदे कार्यान्वयन धेरै ठाउँमा भएको छ’, उनले भने, ‘जुन ठाउँमा कार्यान्वयन भएको छैन। त्यहाँ पनि कार्यान्वयन गरेर लैजान्छौँ।’

रावलले सुदूरपश्चिमको इन्चार्ज विवाद पनि नीतिगत रुपमा मिलाएर लैजाने बताए। ‘त्यहाँको विवाद पनि नीतिगत रुपमा एकमुष्ट मिलाएर लैजान्छौँ’, उनले भने, ‘समस्या देखिएका ठाउँमा समाधान खोज्दै जाने हो।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस