शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिँदै
समाचार

वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिँदै

सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तको थप उपचार गर्न थाइल्याण्डको बैंकक लगिने भएको छ।

जन्डिस देखिएर सोमबार अस्पताल भर्ना भएका उनलाई उपचारका लागि बैंकक लगिन लागिएको हो।

विज्ञापन

पहिले उपचार गरेकै अस्पतालमा उपचारका लागि उनलाई बैंकक लान लागिएको हो।

विज्ञापन

जण्डिस देखिएपछि समस्या भएलगत्तै पूर्व अर्थमन्त्री पुनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।

उनी माओवादी केन्द्रको कार्यक्रममा भाग लिन लुम्बिनी प्रदेश गएका बेलादेखि बिरामी परेका थिए।

सुरुमा ज्वरो आएपछि अस्वस्थ भएका उनको अस्पतालमा परीक्षण गर्दा जण्डिस पुष्टि भएको थियो। पहिले पनि वर्षमानलाई जण्डिस देखिएको थियो। यसअघि पनि उनको बैंककमै उपचार गरिएको थियो।

बिरामी परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सोमबार बिहान वर्षमानलाई भेट्न उनको खुमलटारस्थित निवास पुगेका थिए।

यसअघि पनि वर्षमानलाई ज्वरो आएर निमोनिया भएको थियो। त्यसबेला पनि उनलाई बैंककमै एक महिना लामो उपचार गरिएको थियो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस