शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एमालेको योजना : आगामी वर्ष हुने तीनै तहका निर्वाचनमा एक्लै बहुमत
समाचार

एमालेको योजना : आगामी वर्ष हुने तीनै तहका निर्वाचनमा एक्लै बहुमत

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी वर्ष हुन लागेका तीनै तहका निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी अघि बढ्ने रणनीति बनाउने भएको छ।

तीन दिनसम्म बसेर आइतवार सकिएको केन्द्रीय कमिटी बैठकमा आगामी तीनै तहका निर्वाचनमा एकल बहुमत ल्याउने गरी तयारी थाल्नुपर्ने सुझाव नेताहरुले दिएका छन्।

विज्ञापन

अध्यक्ष केपी शर्मा ओलीसहितले पेश गरेको प्रतिवेदनमाथि सुझाव दिने क्रममा नेताहरुले आगामी निर्वाचनमा बहमुत ल्याउने गरी रणनीति बनाउन नेतृत्वलाई सुझाव दिएका छन्।

विज्ञापन

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले तीनै तहको निर्वाचनमा बहुमत ल्याएर पहिलो पार्टी बनाउने गरी खाका कोर्ने निर्णय बैठकले लिएको बताए।

‘अब हुने संघीय संसद निर्वाचन र अन्य निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने साझा लक्ष्य बैठकले तय गरेको छ’, भट्टराईले भने, ‘प्रदेश र स्थानीय निर्वाचनमा पनि बहुमत ल्याउने तयारीका साथ अगाडि बढ्ने निष्कर्ष निकालेर बैठक सकिएको छ।

यो बैठकले देशका सबै कम्युनिष्ट घटकबीच एकता प्रक्रिया अगाडि बढाउन छलफल थाल्ने निर्णय लिएको छ। ‘देशका सबै कम्युनिष्ट पार्टीलाई एकतावद्ध गर्ने निर्णय भएको छ। एमालेको पहलमा एकीकृत कम्युनिष्ट पार्टी बनाउन जोड दिइएको छ’, भट्टराईले भने, ‘पार्टीमा वैचारिक र राजनीतिक प्रशिक्षण हुन नसकेका कारण आएका समस्या हल गर्दै अघि बढ्छौँ। कार्यकर्तामा भुत्ते भएकाले प्रशिक्षणलाई तीव्र पारिने छ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस